
कोरियामा रहेका नेपाली विद्यार्थीहरुको संगठन (सोनसिक) नेपाली विद्यार्थीहरुलाई एकीकृत गर्न सन् २००४ मा स्थापना गरिएको हो । सोनसिकले कोरियामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गर्दै बिभिन्न शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । सोनसिकले ग्वांगजू सहरमा रहेको चोसुन युनिभर्सिटीमा जनवरी १४–१५ सम्म ५ औँ शैक्षिक सेमिनार गर्दैछ । यसै सन्दर्भमा सोनसिकका अध्यक्ष आरजाना श्रेष्ठसँग गरिएको कुराकानी :
सोनसिकको बारेमा छोटो जानकारी गराइदिनुहोस् न ?
नेप्लिज स्टुडेन्टस् इन कोरिया (सोनसिक) कोरियामा रहेका नेपाली विद्यार्थी, प्राध्यापक तथा बौद्धिक व्यक्तित्वहरुको गैरनाफामुलक संस्था हो । कोरियामा रहेका नेपाली विद्यार्थी बीच विचारको आदान प्रदान गर्ने तथा दुई देशीय सम्बन्धको प्रबद्र्धन गर्ने हो ।
सोनसिक आर्थिक रुपमा कसरी चल्दै आएको छ ?
कोरियन विश्वविद्यालय, कोरियान सरकार, संघसंस्था र नेपालीहरुको सहयोगमा चल्दै आएको छ ।
सेमिनारमा कसरी सहभागी हुन सकिन्छ ?
कार्यक्रममा सहभागी हुनका लागि फाराम भरी कार्यक्रम आयोजक टिमलाई जानकारी गराउनु पर्दछ ।
सेमिनारमा सहभागी हुन कहिलेसम्म दर्ता गर्नु पर्दछ ?
जनवरी ६ शुक्रबारसम्म दर्ता गर्नुपर्दछ ।
सेमिनारमा भाग लिन कति शुल्क लाग्छ ?
५ हजार वोन तिनु पर्दछ । त्यो रकम सोनसिकको नाममा वोरी बैंकमा रहेको बैंक खाता नां १००५–३०२–७५३५६४ जम्मा गर्नु पर्दछ । बैंकमा शुल्क बुझाइएको भौचरको सिल्पलाई सोनसिकको इमेल [email protected] मा पठाउनु पर्दछ । कार्यक्रम स्थलसम्म पुग्नका लागि सियोल (इन्चोन) छिनानमा बसको व्यवस्था छ । त्यसैगरी देगु (बुसान) र जियोन्युबाट गरी ठाउँबाट बसको व्यवस्था गरिएको छ ।
सेमिनारमा कति जनाको सहभागिता रहने अपेक्षा गर्नुभएको छ ?
उक्त कार्यक्रममा कोरियामा अध्ययन, अध्यापन, तथा अनुसन्धान क्षेत्रमा कार्यरत नेपालीहरु तथा कोरियाका केहि अधिकारीहरु गरि करीब १ सय जनाको उपस्थिति हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको लागि आर्थिक सहयोग कसरी जुटाउनु हुन्छ ?
कार्यक्रमका लागि स्पोन्सरशिपको खोजि गरिएको छ । सहभागीले स्वइच्छाले दिने सहयोग पनि हाम्रो कार्यक्रमको स्रोत हुनेछ ।
सेमिनारको कार्यक्रम तालिका के के रहेको छ ?
सो सेमिनार अन्तर्गत पहिलो दिन अर्थात जनवरी १४ मा खोजपत्र लेखन सम्बन्धी बृहत् कार्यशाला, जनवरी १५ मा की नोट प्रेजेंटेशन (Key Note प्रेजेंटेशन), ओरल प्रेजेंटेशन (Oral Presentation), तथा पोस्टर प्रेजेंटेशन (Poster Presentation) को कार्यक्रम रहेको छ ।
सेमिनारमा सहभागी हुने व्यक्ति कसरी लाभान्वित हुन सक्छन् ?
नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र प्राफेसरका लागि राखिएको हो । सेमीनारमा बिज्ञान तथा प्रविधि क्षेत्रमा निकै लामो समय देखि कार्यरत अनुभवी अग्रजहरुको उपस्थिति हुने भएकोले सहभागीहरुले बिज्ञान तथा प्रविधिका अन्तर्गत बिभिन्न बिषयमा जानकारी प्राप्त गर्न सक्ने तथा अनुभव साटासाट गर्न सक्ने छन ।
कार्यक्रम बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला
वि.सं.२०७३ पुस १५ शुक्रवार १०:४० मा प्रकाशित