back
CTIZAN AD

सप्तरीमा गहुँको बीउको अभाव

वि.सं.२०७३ पुस १५ शुक्रवार

1.2K 

shares

१५ पुस,सप्तरी । सप्तरी जिल्लामा उन्नत जातका गहँुको बीउको अभाव भएको गुनासो बढेको छ ।

जिल्लामा कुल ७० हजार हेक्टर जमिनमा गहुँबाली उत्पादन गर्न सकिने भए पनि सरकारले माग अनुसारको उन्नतजातको गहँुको बीउ नदिँदा अहिलेसम्म ३० हजार हेक्टरमा मात्र गहुँबाली लगाउने गरेको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

उन्नत जातको बीउ नपाउँदा स्थानीय कृषकले न्यून गुणस्तरको गहँुको बीउ सीमावर्ती भारतीय बजार क्षेत्रबाट किनेर ल्याउने गरेको पाइएको छ ।

प्रतिहेक्टर एक सय २० किलोको दरले गहँु छर्न जिल्लामा तीन हजार मेट्रिक टन गहँुको बीउ आवाश्यक रहेपनि सरकारीस्तरबाट अनुदानको उन्नत जातको दुई हजार मेट्रिक टन बीउ मात्र उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

सरकारले ४० प्रतिशत अनुदानमा प्रदान गरेको बीउ प्रतिकिलो ४४ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको आवाश्यकता तर भन्दा कम गहँुको बीउ आपूर्ति हुँदा वितरण गर्न निकै समस्या परेको कृषि विकास कार्यलयका सूचना अधिकृत दिनेश यादवले बताउनुभयो ।

जिल्लाका लागि इटहरीस्थित राष्ट्रिय बीउबिजन कम्पनी पूर्वाञ्चल क्षेत्रीय कार्यलयबाट प्रशोधित गौतम, आदित्य, विजय, एनएल ९७१, र भुकुटी जातका गुणस्तरीय र उन्नत जातको गहँुको बीउ आयात भएको तर मागअनुसार कम भएको गहुँका डिलरले बताउने गरेका छन् ।

जिल्लामा गहुँको बीउ बिक्रीवितरण गर्ने ३० वटा डिलर सञ्चालनमा छन् । रासस

वि.सं.२०७३ पुस १५ शुक्रवार ०८:५२ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...