back

सप्तरीमा गहुँको बीउको अभाव

वि.सं.२०७३ पुस १५ शुक्रवार

627 

shares
GLOBAL IME AD
NTC AD

१५ पुस,सप्तरी । सप्तरी जिल्लामा उन्नत जातका गहँुको बीउको अभाव भएको गुनासो बढेको छ ।

जिल्लामा कुल ७० हजार हेक्टर जमिनमा गहुँबाली उत्पादन गर्न सकिने भए पनि सरकारले माग अनुसारको उन्नतजातको गहँुको बीउ नदिँदा अहिलेसम्म ३० हजार हेक्टरमा मात्र गहुँबाली लगाउने गरेको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

उन्नत जातको बीउ नपाउँदा स्थानीय कृषकले न्यून गुणस्तरको गहँुको बीउ सीमावर्ती भारतीय बजार क्षेत्रबाट किनेर ल्याउने गरेको पाइएको छ ।

प्रतिहेक्टर एक सय २० किलोको दरले गहँु छर्न जिल्लामा तीन हजार मेट्रिक टन गहँुको बीउ आवाश्यक रहेपनि सरकारीस्तरबाट अनुदानको उन्नत जातको दुई हजार मेट्रिक टन बीउ मात्र उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

सरकारले ४० प्रतिशत अनुदानमा प्रदान गरेको बीउ प्रतिकिलो ४४ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको आवाश्यकता तर भन्दा कम गहँुको बीउ आपूर्ति हुँदा वितरण गर्न निकै समस्या परेको कृषि विकास कार्यलयका सूचना अधिकृत दिनेश यादवले बताउनुभयो ।

जिल्लाका लागि इटहरीस्थित राष्ट्रिय बीउबिजन कम्पनी पूर्वाञ्चल क्षेत्रीय कार्यलयबाट प्रशोधित गौतम, आदित्य, विजय, एनएल ९७१, र भुकुटी जातका गुणस्तरीय र उन्नत जातको गहँुको बीउ आयात भएको तर मागअनुसार कम भएको गहुँका डिलरले बताउने गरेका छन् ।

जिल्लामा गहुँको बीउ बिक्रीवितरण गर्ने ३० वटा डिलर सञ्चालनमा छन् । रासस

वि.सं.२०७३ पुस १५ शुक्रवार ०८:५२ मा प्रकाशित

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी...

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका...

चिसोले सर्लाहीको जनजीवन कष्टकर

चिसोले सर्लाहीको जनजीवन कष्टकर

मलङ्गवा (सर्लाही) । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र...