back
CTIZAN AD

रुकुम घटनासम्बन्धी संसदीय समितिको प्रतिवेदन सरकारलाई पठाइयो

वि.सं.२०७७ साउन १२ सोमवार

816 

shares

१२ साउन, काठमाडाैं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवदेन संघीय संसदले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ।

संघीय संसदको अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइएको हो। सो प्रतिवेदन साउन ८ गते पठाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

गत असार ३० मा रुकुम घटना छानविनका लागि देवेन्द्र पौडेलको संयोजकत्वमा गठित संसदीयले सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको थियो । २०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएकोमा सो समितिले समयमै प्रतिवेदन बुझाएको हो ।

अन्तरजातिय प्रेम विवाहको विषयमा विवाद हुँदा रुकुम पश्चिममा ६ जनाको निर्ममतापूर्वक सामुहिक हत्या भएपछि छानविन गर्न संसदीय समिति गठन भएको थियो ।

वि.सं.२०७७ साउन १२ सोमवार १७:४४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...