back
CTIZAN AD

गतवर्षकै भाउमा अदुवा पाएपछि किसान हर्षित

वि.सं.२०७७ साउन १३ मंगलवार

777 

shares

१३, साउन इलाम । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् ।

धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका छैनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ । गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिए ।

सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उनले भने, “तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ ।” उनले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रोपेका छन् । भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन् । ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए । सडक अवरोधका कारण अदुवा बजार ल्याउन नसक्दा लामो समयसम्म पनि भाउ उही दरमा रहेको उनले जानकारीदिए ।

“गत वर्षसम्म यस मौसममा ठूलो परिमाणमा अदुवा आइसक्थ्यो तर यसपटक आउन सकेकै छैन”, उनले भने, “धेरै किसानले अस्ती बिक्री नभएपछि रोप्नुभयो । अनि नयाँ अदुवा अभाव हुँदा अहिले बीउ अदुवाको भाउ राम्रो आयो ।” उनका अनुसार अहिले पनि किसानको भकारीमा ठूलै परिमाणमा अदुवा भए पनि बजार निकाल्न सकस परेको छ । अदुवा बजार निकाल्न नसक्दा किसानको भकारीमै कुहिने डर भएको पौडेलको भनाइ छ ।

किन घटबढ भएन त भाउ ?

भारतीय बजारमा अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ । सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ ।

सानो अदुवाको भाउ उचित आए पनि ठूलो ९विकासे० अदुवाको भने उचित भाउ नआएको किसानको गुनासो छ । सानो अदुवाजस्तो फाइदाकारी नहुने, अदुवा कम बिक्नाका कारण भाउ नआएको र कम दाममै अदुवा बेच्न बाध्य भएको अदुवा किसान सरोज पोखरेलको भनाइ छ ।

आफ्नो बारीमा विकासे अदुवा फस्टाएर फल्नाले विकासे अदुवा रोपे पनि अहिले भाउ नआउँदा मनको रु एक हजार ८०० मै बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । करिब २० मन अदुवाखेती गर्नुभएका उहाँले राम्रै आम्दानी भए पनि अपेक्षाकृत भाउ नपाएको दुखेसो गरे व्यवसायीले विकासे अदुवा सानो अदुवाको तुलनामा बढी फल्नाले श्रमअनुसार भाउ औषत रहेको बताएका छन् । कम लागतमै ठूलो परिमाणमा उत्पादन हुने भएकाले विकासे अदुवाको भाउ सन्तोषजनक रहेको व्यवसायीको भनाइ छ ।

नेपालमा उत्पादन हुने अदुवा विदेश निर्यात हुने गर्छ । विदेश निर्यात हुने क्रममा वर्षेनी भारतीय सीमामा विभिन्न बहानामा अवरोध हुनाले अदुवा निर्यातमा समेत समस्या पर्ने गरेको छ । यस वर्ष पनि समस्या दोहोरिन पुग्यो । लामो समय बन्दाबन्दीका कारण निकासी ठप्प भएको अदुवा केही महिनाअघि पनि भारतीय अवरोध खेप्नुप¥यो । बन्दाबन्दी खुले पनि भन्सारबाट कृषिजन्य वस्तु निर्यात हुन नसक्दा व्यवसायीले अनेक दुःख खेप्नुप¥यो । बन्दाबन्दी खुलेपछि कृषिजन्य वस्तु बोकेर झापाको मेची भन्सार पुगेका ट्रक भारत प्रवेश गर्न नसकेपछि मेची नदीको पुलमा लामो समय अड्केका थिए ।

नेपाल–भारतको छलफलपछि अवरोध खुलेपछि कृषिजन्य पदार्थ पुनः भारत प्रवेश गरेका थिए । निकासी किन रोकिएको थियो भन्ने आधार भने फेला पार्न सकिएन । बिना आधारै नाकामा सामग्री रोकिँदा पटक–पटक व्यवसायीले करोडौँ घाटासमेत व्यहोर्नुपरेको छ । नेपालतर्फबाट जाने कच्चा पदार्थ नाकामा रोकिँदा बिग्रिने हुँदा राम्रो बजार नपाउने गरेको व्यवसायीको भनाइ छ । इलामसहित पाँचथर, ताप्लेजुङ तेह्रथुमलगायत पूर्वी पहाडका जिल्लामा व्यावसायिकरूपमा अदुवाखेती गरिँदै आएको बताइएको छ । रासस

वि.सं.२०७७ साउन १३ मंगलवार १०:५९ मा प्रकाशित

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...