back
CTIZAN AD

क्यानाडामा कोभिडबाट सङ्क्रमितमध्ये अधिकांश युवाहरू

वि.सं.२०७७ साउन १३ मंगलवार

708 

shares

१३ साउन, काठमाडौँ । क्यानाडामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

“हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्याङ्क अनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–८ सङ्क्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जुलाई २२ मा समाप्त भएको एक साताको अध्ययन अनुसार २०–२९ वर्ष उमेर समूहका युवा तथा युवतीहरूमा प्रति एक लाख १४।४ प्रतिशत र १३।८ प्रतिशत रहेको यसपछि ३०–३९ वर्ष उमेर समूहका मानिसमा सङ्क्रमण दर धेरै रहेको बताइएको छ ।

युवा क्यानाडियालीहरू कोरोनाभाइरसको सङ्क्रमणबाट अजेय छैनन् । सङ्क्रमित भएमा गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहेका बुढा व्यक्तिहरू मात्र होइनन् ।

गत हप्ता सार्वजनिक स्वास्थ्य रिपोर्ट अनुसार ३९ वर्षमूनिका ६३ प्रतिशत सङ्क्रमितमध्ये एक तिहाईलाई अस्पताल भर्ना भई उपचार गर्नुपरेको थियो ।

गत हप्ता क्यानडामा दैनिक औषत ४८७ नयाँ कोभिड–१९ सङ्क्रमित विरामी भेटिएका थिए ।

क्यानाडाले लकडाउन सम्बन्धित प्रतिबन्धात्मक व्यवस्था हटाउने घोषणा गर्ने क्रममा तामले नागरिकहरूलाई सतर्क हुन, सामाजिक दूरी र स्वच्छताका उपायहरू अवलम्वन गर्न आग्रह गरे ।

उनले भने, “खोपको अभावमा कोभिड–१९को सामना गरी बाँच्नु जोखिमको कुरा हो ।”
पछिल्लो तथ्याङ्क अनुसार क्यानडामा एक लाख १३ हजार ८०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार ९०० जनाको सङ्क्रमणपछि मृत्यु भएको छ ।

क्यानाडामा सार्वजनिक स्वास्थ्यलाई लिएर दिइने दिशा निर्देशको व्यापक सम्मान गरिन्छ । यद्यपि क्यानाडाको क्युबेक शहर, जसलाई मास्क लगाउन अनिवार्य गरिएको छ, मा मास्क लगाउने आह्वानको विरोधमा सयौँ व्यक्तिले प्रदर्शन गरेका थिए ।

वि.सं.२०७७ साउन १३ मंगलवार ११:०१ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...