back
CTIZAN AD

नेकपामा बैठक स्थगित र संचालनको लडाई : ओलिले रोकेको बैठक प्रचण्डले चलाउँदै

वि.सं.२०७७ साउन १३ मंगलवार

804 

shares

१३ साउन, काठमाडौँ । धेरैदिनदेखि धेरै पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठकका विषयमा ११ बजे अगावै स्थगितको सूचना र ११ बजेपछि फेरि बैठक संचालन हुने खबरले स्थायी समिति सदस्यहरु असहजतामा परेका छन् ।

दुई अध्यक्षको सहमति बमोजिम राखिएको मंगलबार ११ बजेको बैठक स्थगन सम्बन्धि सूचना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको आदेशमा महासचिव विष्णु पौडेलले गराएका थिए भने बैठक चालु हुने सूचना प्रचण्डले गरेका थिए ।

स्थायी समिति सदस्यका अनुसार निकै टाढादेखि बालुवाटार पुग्नै लाग्दा स्थगितको सूचना आयो भने फर्केर कोटेश्वर पुग्दा बैठक हुने अर्को सूचना पुगेको थियो । नेकपाको स्थायी समिति बैठक एजेण्डा बाहिर गएर राजीनामा माग्ने सम्म पुगेको भन्दै अध्यक्ष ओलिले आलटाल गर्दै आएका थिए । बैठक बोलाउने, समय नदिने र गृहकार्य भन्दै बैठकमा निर्णय हुन नदिने स्थितिले पार्टीलाई क्षति पुगेको महशुस गरेका अन्य नेताहरुले ओलीलाई दुई पद मध्ये १ पद रोज्न दिने र पार्टी निर्ण मान्न बाध्य गराउने रणनीतिमा आन्तरिक तयारी गरेको थाहा पाएपछि बैठक स्थगन गर्न लगाइदिएका थिए ।

अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्कमन्यता हटाउनु पर्ने पक्षमा खुलेर लागेका छन् ।

वि.सं.२०७७ साउन १३ मंगलवार १२:०५ मा प्रकाशित

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...