back
CTIZAN AD

बढ्यो समुदायस्तरमै काेराेनाकाे जाेखिम, अब कस्ताे रणनीति लिने ?

वि.सं.२०७७ साउन १३ मंगलवार

819 

shares

केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको छ । परीक्षणको दर न्यून (करिब ५ हजार) भएपनि आज काठमाडौं उपत्याकामा ५३ जना (काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर) नयाँ संक्रमितको पहिचान भएको छ ।


त्यति मात्र हैन काठमाडौं उपत्याका वरिपरिका अधिकांश जिल्लामा पनि केहि संक्रमितको पहिचान भएको छ । सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुनेछ ।

पछिल्लो समयमा तराइका बिभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा सुरक्षित हुनको लागि काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । यसले गर्दा काठमाडौं उपत्यका थप जोखिमयुक्त बनेको छ । ४० लाख जनसंख्या रहेको कचौराजस्तो काठमाडौं उपत्याकामा कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन । सरकारले आवागमनमा भएको फितलोपनलाई नियमन गर्नु जरुरी छ ।

त्यस्तै भारतसंग सीमा जोडिएको तराइ क्षेत्रमा परीक्षण निकै कम भएको छ । पहिले संक्रमणको चपेटामा परेका पहाडी क्षेत्र तथा अन्य सहरी क्षेत्रको परीक्षण दयनीय छ । यी क्षेत्रमा संक्रमण बढ्दो गतिमा देखिएको छ । सरकारले यी क्षेत्रका जनचेतना कम भएका बर्गमा परीक्षणलाई घनीभूत गराउने हो भने हामीले कल्पना गरेभन्दा अग्लो ग्राफ देखिनेछ । परिक्षणको दर जति बढायो, त्यति धेरै संक्रमितको पहिचान हुनेछ । जति धेरै संक्रमित पहिचान भयो त्यति धेरै समाज सुरक्षित हुन्छ, संक्रमण नियन्त्रण हुन्छ ।

सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकको संयुक्त गस्ती बढाएर अबैध आवतजावतलाई नियन्त्रण गर्नु जरुरी छ । सिंगो देशमा ब्यापक परीक्षण गरेर रेड, एल्लो र ग्रीन जोन निर्क्यौल गर्ने हो भने कोरोना संक्रमण नियन्त्रण गर्ने रणनीति बनाउन धेरै सजिलो हुन्छ । यसो भयो भने रेड जोनलाई लकडाउन गर्ने वा आबश्यक परे कर्फ्यु लगाउने, एल्लो जोनमा कडाइ गर्ने तथा ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर यातायात लगायतका गतिबिधि सुचारु गर्न सकिन्छ ।

सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकको संयुक्त गस्ती बढाएर अबैध आवतजावतलाई नियन्त्रण गर्नु जरुरी छ । सिंगो देशमा ब्यापक परीक्षण गरेर रेड, एल्लो र ग्रीन जोन निर्क्यौल गर्ने हो भने कोरोना संक्रमण नियन्त्रण गर्ने रणनीति बनाउन धेरै सजिलो हुन्छ । यसो भयो भने रेड जोनलाई लकडाउन गर्ने वा आबश्यक परे कर्फ्यु लगाउने, एल्लो जोनमा कडाइ गर्ने तथा ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर यातायात लगायतका गतिबिधि सुचारु गर्न सकिन्छ । रेड जोनमा आवतजावत नरोक्ने हो भने हाम्रो अवस्था अकल्पनीय हुनेछ ।

शैक्षिक संस्था, हवाइ यातायात, सार्वजनिक यातायात लगायतका सेवा सुबिधा खोल्नको लागि यी ३ बटा जोन निर्धारण गर्नु अपरिहार्य छ । त्यस्तै अन्तराष्ट्रिय उडान नेपालीलाई स्वदेश ल्याउने तथा नेपालमा अड्केक बिदेशी तथा नेपालीलाई अर्को ट्रान्जिटसम्म पुर्याउन बाहेक खोल्नु हुँदैन । अन्यथा भारत, बंगलादेश लगायतका देशबाट हजारौं संक्रमित आउने जोखिम रहन्छ ।

सरकारले हतार गरेर तथा बैज्ञानिक बिधि नअपनाएर हचुवाको भरमा सबै क्षेत्र खोल्यो भने ती क्षेत्र संचालन नहुने तथा जोखिम निकै बढ्ने दोहोरो खतरा हुनसक्छ । सरकारको अर्जुनदृष्टि कोरोना संक्रमण नियन्त्रण र नागरिकलाई राहत तथा सहुलियत दिनेतर्फ केन्द्रित हुनु जरुरी छ । सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायले यो महामारीमा अत्यन्तै जिम्मेवार भएर तथा समन्वय गरेर काम गर्नु अपरिहार्य छ ।

सरकारले हतार गरेर तथा बैज्ञानिक बिधि नअपनाएर हचुवाको भरमा सबै क्षेत्र खोल्यो भने ती क्षेत्र संचालन नहुने तथा जोखिम निकै बढ्ने दोहोरो खतरा हुनसक्छ । सरकारको अर्जुनदृष्टि कोरोना संक्रमण नियन्त्रण र नागरिकलाई राहत तथा सहुलियत दिनेतर्फ केन्द्रित हुनु जरुरी छ । सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायले यो महामारीमा अत्यन्तै जिम्मेवार भएर तथा समन्वय गरेर काम गर्नु अपरिहार्य छ ।

चाडपर्वको लागि लाखौँ नेपाली स्वदेश आउने अनुमान गरेर अहिल्यै क्वारेन्टाइन तथा परीक्षणको चुस्त तयारी गर्नु जरुरी छ । संक्रमण निकै बढेमा चाहिने अक्सिजन, रगत, आइसीयु बेड, भेन्टिलेटर तथा दक्ष जनशक्ति तयारी अवस्थामा राख्नु पर्दछ । अन्तिम समयमा मात्र ब्युंझिने हाम्रो परिपाटी महामारीको समयमा घातक बन्न सक्छ ।

महामारी नियन्त्रण गर्नको लागि सरकार, मेडिया तथा आम नागरिकको एकता र संयुक्त प्रयास आवश्यक हुन्छ । यस्तो घडीमा हामीमा अन्तर्निहित बिमतिलाई थाति राखेर महामारीसंग संयुक्तरुपमा जुध्नु हामी सबैको कर्तब्य हो । एकताको शक्तिले नै हामीले यो महामारीलाई जित्न सक्छौं ।

वि.सं.२०७७ साउन १३ मंगलवार १८:०४ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...