१४ साउन, दमक । हत्यामा संलग्न रहेको आशंकामा एक १२ वर्षीय बालक पक्राउ परेका छन् ।
झापाको मेची नगर नगरपालिका २ भृकुटी बस्ने कपडा पसल व्यवसायी ५० वर्षीय नारायण भन्ने नन्दलाल आचार्यको हत्यामा संलग्न भएको आशंकामा सोहि ठाउँका ती बालकलाई प्रहरीले पक्राउ गरेको बुधबारको गोरखापत्र दैनिकमा समाचार छ ।
हत्या घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन् ।
गत शुक्रबार दिउँसो ४ बजेको समयमा भृकुटी बजारमा कपडा पसल गर्ने आचार्यको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।
प्रहरी स्रोतका अनुसार उक्त पसलमा सामान किन्न जाँदा व्यापारी आचार्यले वास्ता नगरेपछि बालकले आफन्तको घरमा गएर दाउ ल्याएर प्रहार गरेका थिए । पसलमै दाउले हान्दा गम्भीर घाईते भएका आचार्यको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
वि.सं.२०७७ साउन १४ बुधवार ०९:५५ मा प्रकाशित






























