back
CTIZAN AD

कोरोना विरुद्धको लडाईमा अमेरिकाको नौ गल्ति

वि.सं.२०७७ साउन १४ बुधवार

777 

shares

बिश्वमा स्वास्थ्य सेवामा सबैभन्दा बढी खर्च गर्ने अमेरिका जस्तो बिश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका कोरोना भाइरसबाट आज सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म यो महामारीबाट उत्पन्न दुःखद पक्ष त के छ भने यो महामारी आएको छ महिना बितिसकेको छ तर अमेरिका यसलाई रोक्न सक्ने सफलताको स्थितिमा अझै पुग्न सकेको छैन । बरु यसबाट कोशौं टाढा रहेको देखिन्छ । यस्तो अबस्था कसरी सिर्जना भयो भने शुरुदेखिनै अमेरिकाले प्रत्युत्पन्न प्रतिकृयामा एक पछि अर्को गल्ती गर्दै गयो । शुरुमा त अमेरिकाले यसलाई कहिले चिनीया भाइरस त कहिले वूहान भाइरस भनेर यसको खिल्ली उडाउन खोज्यो । तर भाइरले आक्रान्त पारेपछि अमेरिका अहिले के गर्ने कसो गर्ने निकै असहज अबस्थामाबाट गुज्रिरहेको छ । त्यहाँ दिनप्रतिदिन संक्रमित हुने र जीवन गुमाउनेहरुको संख्या बढिरहेको छ । अहिलेसम्म त्यहाँ संक्रमितहरुको संख्या ४५ लाख करीब पुुगेको छ भने मृतकहरुको संख्या १ लाख ५२ हनार भन्दा बढी छ ।यस भाइरस बिरुद्धको संघर्ष सम्वन्धमा अमेरिकाले गरेका १० वटा मूख्य गल्ती के के थिए तिनलाई यसरी औंल्याउन सकिन्छ :

सबैभन्दा पहिलो गल्ती त के थियो भने यस महामारीलाई रोक्न, कमजोर तुल्याउन र त्यसबाट उम्किन या जोगिनका लागि बैज्ञानिक दृष्टिकोणले निर्णय अमेरिकामा लिइएन केवल राजनीतिक निर्णय लिइयो । यो पहिलो गल्ती नै शीर्ष तहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नै शुरु गरियो । उनले आरम्भमा कोभिड–१९लाई मौसमी ज्वरो भनेर यसलाई खारेज गरिदिए । उपराष्ट्रपति माईक पेन्सलाई उनले त्यस कार्यदलको प्रमुख अबश्य बनाए जसको गठन यस सम्बन्धि आगामी कार्य योजनाहरुका बारेमा सल्लाह दिनका लागि गठन गरिएको थियो । तर त्यसलाई कुनै पनि निर्णयको अधिकार दिइएको थिएन ।

दोश्रो गल्ती यो महामारीको सामना गर्नका लागि कानुनसम्मत राष्ट्रिय कार्य योजना नै बनाइएन । त्यो कार्य दलले चार राज्यहरुका लागि टेस्टिङ्ग, टे्रसिङ्ग र ट्रिटमेण्ट(परीक्षण संक्रमितको खोजी र उपचार) लाई लिएर दिशानिर्देश त जारी गरेको थियो, संक्रमण फैलिने कमलाई रोक्नका लागि मास्कको प्रयोग तथा भौतिक दूरी कायम राख्ने कुरा पनि अबश्य भनिएको थियो तर ती सबै दिशा निर्देशनहरुसम्म मात्रै सीमित हुन पुगे । तिनलाई कानुनद्वारा अनिबार्य बनाइएन र कार्यान्वयनमा उतारिएन ।

तेश्रो कुरा यो महामारीलाई शुरुमा राज्यहरुको अर्थात स्थानीय स्तरको मात्र समस्या मानियो । एउटा संघ राज्यले केन्द्रियरुपमा सटीक किसिमले गर्नुपर्ने प्रयास गरिएन । प्रान्तका गभर्नर र स्थानीय अधिकारीहरुलाई आ–आफ्नै किसिमले उपायहरुको अबलम्बन गर्न भनियो । फलतः कोरोना महामारी बिरुद्धको संघर्ष राज्य–राज्यमा बेग्ला बेग्लै देखियो । ती एकीकृत र प्रभावकारी हुन सकेनन् ।

चौथो गल्ती थियो परीक्षण, चिकित्सा उपकरण र तिनको आपूर्तिलाई लिएर संघको हस्तक्षेप पनि सीमित थियो र रह्यो । तिनको आपूर्ति श्रृंखला धेरैहदसम्म कमजोर थियो । बिदेशी तथा निजी श्रोतहरुबाट तिनलाई जुटाउने ब्यवस्था गर्नका लागि राज्यहरुलाई नै भनियो ।

पाँचौ गल्ती महामारीलाई लिएर प्रष्ट र सटीक सूचनाहरुको अभाव रहन गयो । जबसम्म सट डाउन गरिएको थिएन त्यतिबेलासम्म त कार्य दलले नियमित प्रेस ब्रिफिङ्ग गर्दै थियो तर पछि राष्ट्रपति ट्रम्पले यो ब्रिफिङ्ग आफ्रनै हातमा लिए । यसलाई उनले भाषण दिने मञ्चको रुपमा उपयोग गरे । सम्बाददाताहरुसँग बहस गर्न थालियो । चिकित्सा बिशेषज्ञहरुको तर्क र सल्लाहलाई खारेज गर्न थालियो र असुरक्षित औषधीहरु दिनेसम्मको काम गरियो ।

छैटौं गल्ती सट डाउन चाँडोभनदा चाँडो हटाउनका लागि अतिरिक्त प्रयास गर्न थालियो । राष्ट्रपति ट्रम्प मानिसहरुमा घरमै सीमित भएर बस्ने कुराको शुरुदेखि नै बिरोध गर्न थाले । सट डाउनको निर्देशन जारी हुनासाथ राष्ट्रपतिले त्यसलाई हटाउने बारेमा सोच्न थाले । उनले भर्जिनिया र मिचिगन जस्ता राज्यहरुमा आफ्ना लाखौं समर्थहरुलाई यस बारेमा ट्वीट समेत गरेका थिए । किनभने उनलाई के लागिरहेको थियो भने त्यहाँका गभर्नरहरुले उनको बिरोध गर्न सक्छन् । ट्रम्प पुन राष्ट्रपति पदमा चुनिने सम्भावनाहरुको खोजी गर्दै यतिबेला बिभिन्न कदमहरु उठाइरहेका थिए । यसो गर्दा उनले मानिसहरुको स्वास्थ्यलाई पनि वेवास्ता या नजरअन्दाज गरेका थिए ।

सातौं गल्ती के गरियो भने कुनै एक प्रान्तमा या क्षेत्रमा सफलता प्राप्त हुँदा त्यसको सापेक्ष अरु स्थानहरमा पनि महामारीको प्रकृतिलाई बेवास्ता गरियो र नियमहरु खुकुलो पारियो । शुरुशुरुमा महामारीका केन्द्र – ‘हट स्पट’ पूर्बोत्तर, मध्य–पश्चिमी राज्य, शहरी क्षेत्र तथा क्यालिफोर्निया थिए । मइ महिनको मध्यदेखि जूनको आरम्भसम्ममा ती ठाउँहरुमा कोरोनाको प्रकोप केही कम भयो तर देशका बाँकी सबै क्षेत्रमा यो चरम स्थितिमा पुग्नथालेको देखियो । यसकारण जर्जिया, फ्लोरिडा, टेक्सस तथा एरिजोना जस्ता राज्यहरुले नियमहरु अपेक्षाकृत बढी खुकुलो पारिदिए । परिणामतः ती ती प्रान्त वा क्षेत्रहरुमा कोरोना भाइरस संक्रमणमा पनि तीब्रता आयो र ती नयाँ ‘हट स्पट’ अर्थात् महामारी केन्द्र बन्न पुगे ।

आठौं गल्ती के थियो भने अमेरिकामा नियम लागु गर्ने कुनै एउटा संयन्त्र थिएन । कतिसम्म भने मानिसहरु घर बाहिर ननिस्कने, मास्क लगाउने र शारिरीक दूरीको पालना गर्ने सम्बन्धि निर्देनहरुको पालना गराउने कुरामा पनि त्यहाँ ब्यापक अन्तर या भिन्नता देखियो । जर्जिया तथा टेक्सस जस्ता केही राज्यहरुमा रिपब्लिकन गभर्नरहरुले ती नियमहरुलाई लिएर केवल दिशा निर्देशन जारी गरिदिए जबकि ती राज्यहरुका ठूला शहरहरुका डेमोक्रेट मेयरहरले यस सम्वन्धमा कानुनी प्राबधानकै आवश्यक रहेको बताए ।

नवौं गल्ती के रह्यो भने अमेरिकामा स्वास्थ्य–चिन्ताको सट्टा आर्थिक चूनौतिहरुलाई बढी महत्व दिइयो । महामारीका कारणले चर्मराएको अर्थब्यस्थालाई सम्हाल्नका लागि नै सट डाउन हटाइएको थियो, जसले गर्दा पनि अमेरिकालो आज ठूलो मूल्य चुकाउनु परेको थियो,छ ।
दशौं आखिरी र सबैभन्दा ठूलो गल्ती बिशेषज्ञहरुको सल्लाहहरुलाई निरन्तर बेवास्ता र खारेज गर्ने गरियो । जस्तो कि उदाहरणका लागि, अन्तर्राष्ट्रिय स्तरका प्रसिद्ध संक्रामक रोग बिशेषज्ञ र कार्य दलका सदस्य एन्थोनी फौसीको सल्लाहको अपहेलना गरियो । शुरुदेखि नै ट्रम्पले बिशेषज्ञहरुको सल्लाहलाई किनारामा धकेलेर आफ्नो मत(जिद्दी) अघि सार्दै रहे ।

समग्र निष्कर्शमा अमेरिकाले कोभिड–१९ का बिरुद्ध दूरदर्शी सोचकासाथ लडाई लड्नुको साटो स्थिति हेरेर कदम उठायो । यो असफलताका लागि धेरै हदसम्म राष्ट्रपति ट्रम्पलाई जिम्मेवार मानिन्छ र मानिने छ । यस सम्वन्धमा महिनौंसम्म उनी स्वयमले मास्क लगाएनन् । पछिल्लो समयमा आएर मात्र उनलाई पनि मास्कमा देखिन थालियो । यति मात्र नभएर उनी निरन्तर के भन्दै रहे भने एक समय पछि यो महामारी स्वयं हटेर जान्छ । यसरी स्पष्ट छ ट्रम्प यस्तो प्रतीक बन्न पुगे, जसले के कुरा बताउँदछ भने महामारीका बिरुद्ध ब्यक्तिगत, राजनीतिक र पेशेवर रुपमा के गरिनु हुन्न ।

अमेरिकाका यी केही आधारभूत पाठ हुन् कोरोना महामारीका बिरुद्ध लड्ने सन्दर्भमा । हामी लगायत धेरै देशहरुले कठिन लक डाउन परिपालना गरेर या यसको मूल्य चुकाएर पनि यसलाई फैलिनबाट सोचे जस्तो किसिमले रोक्न नसकेको स्थितिले देखायो । अहिले भारत नै यसको सबभन्दा नजिकको उदाहरण बनि रहेको छ र संक्रमण बढ्दो छ । हामीकहाँ ४ महिनाको लकडाउन हटाए पछि कोरोनाको संक्रमण बढ्दै नै गएको छ । यद्यपि अहिले पनि उचित साबधानी र सतर्कता तथा स्वास्थ्य नियमहरुको सही किसिमले परिपालना गरेर यो महामारीबाट जोगिन सकिने सम्भावना सकिएको भने छैन । महिनौ दिनसम्म चलेको ठूलो महामारी भए पनि यसको मृत्यु दर न्यून भएकोले पौने दुइ करोड जति संक्रमित पुग्न लाग्दा मृतकको संख्या ७ लाखको नजिक मात्र पुग्न लागेको तथ्यांकले आत्तिएर हात खुट्टै छोड्नु पर्ने स्थिति देखिदैन । तर शुरुदेखि नै किफायती ढंगले, साबधानीपूर्बक काम गर्न गराउन सकेको भए अहिले जति क्षति भएको र यसले बिश्वब्यापीरुपमा असर पारेको छ त्यसलाई अझ कम गर्न सकिने रहेछ भन्ने कुरा भने प्रष्ट भएको छ ।

वि.सं.२०७७ साउन १४ बुधवार १०:०७ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...