१४ साउन, काठमाडौँ । इंल्याण्ड र वेस्टइंडिज बिचको तेस्रो तथा अन्तिम टेस्टमा इंल्याण्ड २६९ रनले विजयी भएको छ । पहिले टस हारेर ब्याटिङ्ग गरेको इंल्याण्डले पहिलो इंनिङ्ग १११.५ ओभर खेल्दैँ १० विकेट गुमाएर ३६९ रन बनाएको थियो ।
पहिलो इंनिङ्गमा इंल्याण्डका लागि ओली पोपले सर्वाधिक ९१ रन बनाएका थिए । पहिलो इंनिङ्ग वेस्टइंडिजका लागि बलिङ्ग तर्फ केमार रोचले सर्वाधिक ४ विकेट हात पार्न सफल भएका थिए ।
वेस्टइंडिज आफ्नो पहिलो इंनिङ्गमा १९७ रनमा सबै विकेट गुमाउन पुग्यो । वेस्टइंडिजका लागि पहिलो इंनिङ्गमा कप्तान जेसन होल्डरले सर्वाधिक ४६ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्गमा स्टुअर्ट ब्रडले सर्वाधिक ६ विकेट हात पारेका थिए ।
पहिलो इंनिङ्गमा १७२ रनले अगाडी रहेको इंल्याण्डले आफ्नो दोस्रो इंनिङ्ग २२६ रनमा घोषण गरेको थियो। इंल्याण्डले दिएको ३९८ रनको लक्ष्य वेस्टइंडिले पुरा गर्न सकेन । वेस्टइंडिज आफ्नो दोस्रो इंनिङ्गमा १२९ रनमै अलआउट हुन पुग्यो ।
वेस्टइंडिज अलआउट भएसँगै इंल्याण्डले तेस्रो टेस्ट २६९ रनले जित निकाल्दैँ ३ खेलको टेस्ट श्रृखलामा २-१ ले विजयी भएको छ ।
वि.सं.२०७७ साउन १४ बुधवार १०:२५ मा प्रकाशित


























