काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले चाँसो देखाएका छन् । नेकपा विवादमाथि बोल्दै शाहले आन्तरिक कलहमा गाँजिएको पार्टीबाट जनताले अपेक्षा गर्न सक्ने अवस्था नरहेको पनि टिप्पणी गरेको छन् ।
बुधबार बिहानै नेकपाविवादबारे सामाजिक सञ्जाल ट्विटरमार्फत बोल्दै उनले नेकपाबाट सकारात्मक आशा गर्न नसकिने बताएका हुन् । शाहले भनेका छन्, ‘आपसी कलहले गाँजिएको घर परिवारबाट सन्ततीले केही पनि सकारात्मकताको आशा गर्न सक्दैनन् ।’
आपसी कलहले गाँजिएको घर परिवारबाट सन्ततीले केही पनि सकारात्मकताको आशा गर्न सक्दैनन्। राजनीतिक पार्टीभित्रका आपसी कलह देश विकास र संवृद्धिका बाधक बन्नु हाम्रो दूर्भाग्य हो। यो अवस्थाबाट देशलाई निकास दिने पूर्ण अधिकार सार्वभौमसत्ता सम्पन्न नागरिकमा निहीत रहेको कुरा भुल्नु हुँदैन।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) July 28, 2020
नेकपाभित्रको कलह देशको विकास र समृद्धिको बाधक बनेको भन्दै पूर्वराजाले विवादलाई दूर्भाग्य भएको पनि टिप्पणी गरेका छन् । उनले अबको निकास सार्वभौमसत्ता सम्पन्न नागरिकबाट हुने पनि अपेक्षा गरेका छन् ।
‘राजनीतिक पार्टीभित्रका आपसी कलह देश विकास र संवृद्धिका बाधक बन्नु हाम्रो दूर्भाग्य हो’, पूर्वराजाले भनेका छन् ‘यो अवस्थाबाट देशलाई निकास दिने पूर्ण अधिकार सार्वभौमसत्ता सम्पन्न नागरिकमा निहीत रहेको कुरा भुल्नु हुँदैन।’
वि.सं.२०७७ साउन १४ बुधवार १२:०९ मा प्रकाशित






























