काठमाडौं । जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिएकी छिन् । बुधबार संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
जनता समाजवादी पार्टीले कारबाही गरेसँगै सरिता गिरीको सांसद पद पनि गुमेको थियो । उक्त पदमा लिलादेवी सिटौलालाई पार्टीले सिफारिस गरेको हो ।
गिरीले नक्सा संशोधन गर्ने सरकारको प्रस्तावका विरुद्व आफ्नो मत प्रकट गरेकी थिइन् । जससँगै उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको थियो ।
वि.सं.२०७७ साउन १४ बुधवार १३:२० मा प्रकाशित






























