१४ साउन, काठमाडौँ । अष्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तिब्ररुपमा बढि रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै अष्ट्रेलियामा ३ सय ६९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
यससँगै अष्ट्रेलियामा कोरोन भाइरसबाट संक्रमितहुनेको संख्या १५ हजार ५ सय ८० पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ ।
पछिल्ला ३ दिनमा मात्र १ हजार ३ सय ५४ जना कोरोना भाइरसका नयाँ संक्रमितरु थपिएका छन भने संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।
अष्ट्रेलियामा अहिले पनि ५ हजार ९ सय ७३ जना संक्रमित अवस्थामै रहेका छन् भने ९ हजार ४ सय ३१ जना संक्रमणमुक्त भएका छन ।
वि.सं.२०७७ साउन १४ बुधवार १३:५२ मा प्रकाशित






























