back
CTIZAN AD

कोरोनाका कारण साउदीमा पत्रकार श्रेष्ठको मृत्यु, ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

वि.सं.२०७७ साउन १४ बुधवार

735 

shares

१४ साउन, साउदी । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण साउदीमा कार्यरत एक नेपाली पत्रकारको मृत्यु भएको छ ।

लामो समयदेखि साउदीमा कार्यरत स्याङजाको गल्याङ नगरपालिका ८ का पत्रकार रोशन श्रेष्ठको कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु  भएको जनाइएको छ ।

एनए मिडियाका प्रवन्ध निर्देशक समेत रहेका श्रेष्ठको दमामस्थित सेन्ट्रल अस्पतालमा आइतबार उपचारका क्रममा निधन भएको हो । उनलाई संक्रमण हुनुभन्दा पहिले दमको समस्या रहेको समेत बताइएको छ ।

कोरोना संक्रमण भएपछि ३५ दिनदेखि उक्त अस्पतालमा उपचार गराइरहेका उनको मृत्यु भएको हो ।  ‘अत्यन्त मर्माहत र निशव्द छु, भौतिक शरीर अस्ताए पनि हामी सबैको मन मस्तिष्कमा सदैब समिपमा रहने असल र इमानदार आत्मिय मित्र प्रति हार्दिक श्रद्धाञ्जलि भन्नू बाहेक अरु बाकि केहि रहेन् ।’ गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष तेज बहादुर थापाले श्रद्धान्जलि व्यक्त गर्दै लेखेका छन् ।

स्याङजा सहयोग समाज लगायत साउदीमा रहेका विभिन्न नेपाली संघसंस्थामा आवद्ध रहेर काम गरेका श्रेष्ठको मृत्युले साउदीका नेपाली स्तब्ध भएको एनआरएनए आइसीसी सदस्य यास्मीन बेगमले बताएकी छन् । ‘जस्ले दैनिक रुपमा कोरोना सम्बन्धी समाचार दिँदै सिंगो नेपाली समाजलाई सुसूचित गर्नुहुन्थ्यो, आज आफुनै यस संसार छोड्नु पर्यो ।’ श्रेष्ठको मृत्युमा दुःख व्यक्त गर्दै लेखेकी छन् ।

श्रीमतीसँगै साउदीमा रहँदै आएका श्रेष्ठ केही समयअघि मात्र नेपाल आएर श्रीमतीलाई काठमाडौंमै छाडेर आफूमात्र साउदी फर्किएका थिए । उनको परिवारमा आमा, भाइ र श्रीमती रहेको बताइएको छ ।

गैरआवासीय नेपाली संघको शनिबार सम्मको अपडेट अनुसार साउदीमा कोरोना संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् भने आइतबार श्रेष्ठको पनि संक्रमणका कारण मृत्यु भएभएको बताइएसँगै ज्यान गुमाउनेको संख्या १० पुगेको हो । यद्यपी नेपाली दूतावासले भने श्रेष्ठको मृत्यु कोरोनाको कारण भएको भने पुष्टि गरेको छैन ।  त्यस्तै साउदीमा कोरोना संक्रमण हुने नेपालीको संख्या १८ सय रहेको पनि संघले जानकारी दिएको छ ।

वि.सं.२०७७ साउन १४ बुधवार १४:१५ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...