back
CTIZAN AD

तिमीलाई कसैले यस्तो बनायो की ? आँफै यस्तो हुँदैछौ ?

वि.सं.२०७७ साउन १४ बुधवार

1.1K 

shares

तिमीलाई कसैले यस्तो बनायोकी ?
आँफै हुँदैछौ ?
आँफ़ैले पढेको पाठ,
आँफ़ैले बनाएको बाटो, आँफ़ैले भुलेछौ ।
हिजोका ति कहाली लाग्दा यात्राहरु,
दुष्मनका यातनाहरु, आज भुल्दै गएछौ ।
बन्दुकको सामु नझुकेका,
सगरमाथा जस्तै ति शिरहरु,
आज झुक्न थालेछन् ।
शतीसाल जस्तै अठोठहरु, डगमगाउन थालेछन् ।
प्रलोभनमा नफसेका ति बिस्वासहरु,
आज धेरै ठाउँमा फस्न थालेछन ।
त्यसैले त आज, आस्था डगमगाएको छ,
विश्वासमा खिया लागेको छ ।
मुक्ति र परिबर्तनका महा समरमा ,
सिंहनाद गर्ने योद्धाहरुलाई,
खोइकुन्नी आज केभएको छ ?
तिमीलाई कसैले यस्तो बनायोकी ?
आँफै हुँदैछौ ?
आँफ़ैले पढेको पाठ,
आँफ़ैले बनाएको बाटो, आँफ़ैले भुलेछौ । एकताका कसीला मुठिहरु,
आजभोली खुकुला भएका छन,
मन फाटेका छन,
आफ्ना टाढा भएका छन,
पराई नजिक हुँदैछन,
बर्ग सँघर्ष र बर्गमुक्तिका आवाजहरु, उद्देश्यहरु,
कालो बादलभित्र हराएका छन,
हिजो देखाएका आशाहरु, सपनाहरु,
आज चनाचुर भएका छन ।
वर्ग संघर्ष त,
वर्ग समन्वयमा पारिमार्जन हुँदैछन ।
वर्गदुश्मनका बिरुद्धमा हानेका तिरहरु,
आज वर्गमित्रमाथि सोझीन थालेका छन् ।
हेर्दाहेर्दै आज बर्ग भित्रैबाट,
नयाँ वर्गको उदय भएको छ ।
माथि पुगेको दम्भ,अहङ्कारले,
धरातल बिर्सीएका छन ।
अनुसासन त,
देखाउने दाँत मात्रै भएका छन् ।
बिधि बिधान त,
कागजी खोस्टो भएका छन ।
तिमीलाई कसैले यस्तो बनायोकी ?
आँफै हुँदैछौ ?
आँफ़ैले पढेको पाठ,
आँफ़ैले बनाएको बाटो, आँफ़ैले भुलेछौ ।
आज आस्था डगमगाएको छ,
बिस्वास फाटेको छ,
बाँच्नेहरुलाई अबिभारा सुम्पेर ,
लड़दै मरेका ति बीर शहीदहरुको ,
सपनामाथि कहीँकतै ?
खेलवाड़ त हुँदैछैन ???
यदि यस्तोभयो भने , यदि यस्तै हो भने,
बिरहरुको रगतले तिमीलाई पोल्ने छ।
इतिहासले सुम्पिएको अविभारालाई,
जिम्मेवारीबोध गरेनौ भने,
जनताको जनमतमाथि ,
बिस्वासघात गर्यौ भने ?
दुर्घटनाको कारकतत्व,
तिमी आफै बन्यौ भने,
तिमिले माफी पाउने छैनौ ।
मुसाको रिसले आफ्नै घरमा,
आगो नलगाउ !
बैरी नहँसाऊ !
बेलैमा होस पुर्याउ !
देशमा दुर्घटना हुनबाट बचाउ ।
लुछाचुंडी र भागबण्डा छोडेर आउ ,
आर्तहरूको चहराई रहेको घाउमा ,
मलम लगाउ ।
आँफु हारेर पनि देश बचाऊ ।
आपसी एकता कायम गर्दै,
बिधि, प्रक्रिया र प्रणालीलाई सम्मान गर ,
राष्ट बिकास र समृद्धिलाई अघि बढाउ ।
अन्यथा तिमिले सिकाएको पाठ पढनेहरु ,
तिमिले नै देखाएको बाटो हिँड्नेहरु,
हिजोका तिम्रै अनुयायीहरु,
तिम्रै बिरुद्ध लाग्नपर्ने, दिन आउन सक्नेछ,
होस पुर्याउ ! होस पुर्याउ ! होस पुर्याउ !

वि.सं.२०७७ साउन १४ बुधवार १४:४१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...