back
CTIZAN AD

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’, जसले चिकित्सकलाई संक्रमण हुनबाट सजिलै बचाउँछ

वि.सं.२०७७ साउन १४ बुधवार

762 

shares

१४ साउन, काठमाण्डौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो ।

‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली सेनाको सहयोगमा प्राप्त टोयटा गाडीमा आवश्यक प्रविधि जडान गरी स्वाब सङ्कलन गर्ने व्यवस्था गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताए ।

उनले भने “कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब सङ्कलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग गर्नेछ, यस भेहिकलमा पिपिई ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरिएको छ ।” कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) छाउनीको संयोजनमा एउटा भेहिकल निर्माण सम्पन्न गरिसकिएको डा ढकालले जानकारी दिए ।

सो भेहिकल नाष्ट कार्यालयमा पाँच दिन लगाएर करीब २५ जना विभिन्न विधाका मानिस जुटेर बनाएका हुन् । सिंहदरबारभित्र पहिलो चरणमा यस प्रविधिको प्रयोग गरी स्वाब सङ्कलन गरिने भएको छ । सो भेहिकल चिकित्सकले खुट्टाले स्विच अन गर्दा पिपिई ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै भेहिकल सङ्क्रमणमुक्त गर्न सकिने बनाइएको डा ढकालले बताए ।

भेहिकलबाट सङ्कलित स्वाब भने त्यसभित्र रहेको आइस बक्समा राखिनेछ । बक्समा राखिएको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइन्छ । नाष्टले मुलुकका हरेक प्रदेशमा यस्तो भेहिकल निर्माण गर्ने योजना बनाइसकेको डा ढकालले बताए । नाष्टका केही प्रतिनिधिले सिसिएमसीलाई विभिन्न मन्त्रालयका सचिव, नेपाल पुलिस र नेपाली सेनासमक्ष मङ्गलबार सो भेहिकल हस्तान्तरण गरेको बताइएको छ ।

कोरोना महामारी नियन्त्रणमा सो भेहिकल उपयोगी बन्दै गए अन्य पनि बनाउन सकिने प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताए । उनले भने “यसका अलवा हामीले केही समयअघि ‘समृद्धिका लागि नवप्रवत्र्तन’ र ‘कोभिड–१९ प्रतिरोधात्मक प्रविधि विकास’ गर्न गत आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत करीब रु दुई करोड २० लाखको अनुदान सहयोग गरेका छाँै ।”

नवप्रवत्र्तन शीर्षकमा १३ र कोभिड प्रविधि विकासमा २० गरी कूल ३३ जनालाई वृत्तिविकास गर्न अनुदान प्रदान गरिएको डा ढकालले जानकारी दिए । नयाँ तवरको सोचलाई उत्पादनमा रुपान्तरण र नवप्रवत्र्तनलाई संरक्षण तथा उद्योगसँग जोड्न नाष्टले पहिलो पटक सरकारीस्तरबाट यी दुई शीर्षकमा अनुदान रकम सहयोग गरी मुलुकमा नयाँनयाँ प्रविधि विकास गर्ने प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए ।

यसअघि गत वर्ष वैशाख ४ गते नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरिएको थियो । नाष्टका वैज्ञानिकले जापानमा बनाएको सो स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिएको थियो । रासस

वि.सं.२०७७ साउन १४ बुधवार १४:५२ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...