back
CTIZAN AD

नेकपा विवादमा नेता पौडेल भन्छन्, ‘गणितको हिसाब गरेर हुँदैन्, निकास सहमतीबाटै खोज्नुपर्छ’

वि.सं.२०७७ साउन १४ बुधवार

849 

shares

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल ‘सुनिल’ले सहमतीबाटै पार्टी विवादको समाधान खोज्नुपर्ने बताएका छन् । संसार न्यूज अनलाईनसँग कुराकानी गर्दै उनले पार्टी विवादमा बहुमत पक्षले नै निकास खोज्नुपर्ने बताएका हुन् ।

पार्टी विवादबारे बोल्दै पौडेलले समहतीभन्दा बाहिरबाट निकास खोज्न नहुने बताए । उनले भने, ‘अहिलेको विशिष्ट अवस्थामा पार्टीको एकतालाई मध्यनजर गर्दै बहुमत पक्ष नै पार्टी एकतालाई जोगाउन लाग्नुपर्छ । गणितको हिसाब गरेर हुँदैन् । अहिले सहमतीभन्दा बाहिरबाट निकास खोज्न सम्भव छैन् ।’

उनले विवादलाई ठुलो बनाएर पार्टी विभाजन तिर लैजान नहुने तर्क गरे । ‘पार्टी पनि निकै अप्ठ्यारो ठाउँमा र पार्टी एकता पनि निकै असहजतामा उभिएको हुँदा गणीतभन्दा माथिबाट निकास खोज्नुपर्छ, पार्टी विभाजन गर्ने अवस्था छैन्, ठूलो त्यागसहित निर्माण भएको पार्टीलाई एकताबद्ध गराउन सहमतीको उपाय छैन्’, उनले भने ।

पाैडेलले सहमतीबाटै जारी स्थायी समिति बैठक छिट्टै बस्ने पनि विश्वास देखाएका छन् । उनले जनाएअनुसार विवाद समाधानको निमित्त कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग निरन्तर संवाद गरिहेका छन् ।

स्थायी समिति बैठकका बीच बहुमत स्थायी समिति सदस्यहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेसँगै नेकपाभित्र विवाद उत्कर्षमा पुगेको हो । विवादकै कारण पटक–पटकको स्थायी समिति बैठक स्थगन हुँदै आएको छ । पार्टी विवादकै कारण मंगलबारको बैठक ओलीले स्थगित गर्ने र प्रचण्डले सञ्चालन गर्ने गरेका थिए ।

वि.सं.२०७७ साउन १४ बुधवार १६:०१ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...