back
CTIZAN AD

बाले मलाई रोक्ने अरु उपाय नदेखेपछि मेरो खुट्टा भाँचिदिन भन्नुभयो

वि.सं.२०७७ साउन १४ बुधवार

1.2K 

shares

बा ले पनि अन्य साथीकाले जस्तै मलाई जान नदिन भएभरको प्रयास गर्नुभयो । स्कुलतिर दादागिरी गर्ने दाइ हुनुहुन्थ्यो, बा ले भान्जा भन्ने, उहाँलाई गुहार्न जानुभएछ बा, अन्य उपायहरूले काम नगरेपछि, भन्नुभएछ “भान्जा, मेरो छोराको खुट्टा भाँचिदेउन, भाँचिएको खुट्टा त सन्चो हुनेछ तर नेपाल गएर जिउँदै आउँछ कि नाई’ । त्यसपछि त झन आपत मलाई, लुकेर हिड्नु पर्ने भयो ।

उपचार नपाएर दाइको मृत्युु
म जान्ने हुँदा हाम्रो घर हरूवा र चरूवा सहित अन्नपात बेचबिखन गरेर ऐश आराम साथ चलेको जस्तो लाग्दथ्यो । खेत बाढीले लगिदिएपछि दुर्दिन सुरू भयो । म, दाइ (दुई, दिदी, बा, आमा र हजुरआमा सात जनाको परिबार थियो । म जान्ने भैसकेपछि बैनि बिमला जन्मी । दाइहरू र दिदी को स्कुल जान बन्द भयो । २०२९ को खेती लाउँदै गर्दा सानदाइ बिरामी हुनुभयो रगतमासी परेर । केही समयपछि श्रावण महिनामा औषधी उपचार नपाएर नै मृत्यु भयो (मेरो बिचारमा) । बा ले जडिबुटी र चित्रेडाँडाको वैद्य कहाँबाट औषधी ल्याइ सकेर लागेपुगेसम्म उपचार गर्नुभएको थियो । ५ कक्षा पास गर्नुभएको, १४ बर्षको हुनुहुन्थ्यो । सानदाइ स्वर्गीय भएपछि बा धेरै नै पुत्रसोकमा पर्नु भयो । ठूलोदाइ कान्छोबालाई लिन मधेस गै लिएर आउनुभयो र कान्छो बाले नै दाइको काजकिरिया गर्नुभयो । त्यसपछि बा लामोसमय हराउनु भयो । सोहि असोजमा भाइ शिव जन्मियो । बालाई २ भाइ छोरा भान्सामा देखाउन हजुरआमा, दाइ र रक्साहा बुबाको बल र करले लामाचौर मुरारी दाइसँगै उहाँकै घरमा (माझघर लक्ष्मण दाइ, भिरबारी केशब दाइ र नसपाते केशब समेत) सोहि माघमा ७ बर्ष पुग्दा नपुग्दै मेरो बर्तन भयो । दाइले गायत्रीमन्त्र सुनाउनु भयो । त्यसपछि बालाइ खोज्न दाइ जानुभयो र १५ र २० दिनमा लिएर आउनुभयो ।

रूपैयाँ, पैसा जोगाडतिर
घरको र परिम तिर्न त मेला गएको थिएँ । तर मजुरीमा गएको थिएन । पहिलोपटक चिलाउनेको झ्याङ झार्ने र बोकेर खेतमा लगि थुपारेर राख्ने काममा गएँ । दुई रूपैया दिनको मजुरी पाइन्थ्यो । रूख चढ्न रङ्गनै मान्थेँ । सायद चढननसक्ने रूख थिएन होला तेतातिर, तेसबेला । दशदिन गएछु । पहिलो आफै परिश्रम गरेर बिस रूपियाँ हात पारेँ । पछि दाइसँग आली खन्न पनि जाने गरेँ, रू.५ र पाईन्थ्यो । दिन बिताउनै गाह्रो हुन्थ्यो कम्मर दुखेर । एउटा हिउँदमा अमिलो अधियाँ पेलेँ । १२ माना मेरा भागमा परेको थियो । मधेस कान्छो बा को घर आइ गाउँकालाई बेचेँ । रू.१० रमानाको परेको थियो । हाम्रो घरमा गाई, भैंसी, गोरू त पालेको थियोे तर बाख्रा थिएन । एउटा बाख्राको पाठी ल्याएर अधिया पालेँ पहिलोपटक एउटामात्र पाठो पायो । हुर्काएर बेचियो र बाँडियो । दोस्रोपटक पाठापाठी पायो । पाठो दिएर पाठी आफ्नै बनाएर पालेँ । फेरि पाठोमात्र पाएर केहिदिनमा के रोग लागेर माँउ मर्याे । पाठो भैँसीको दूध ख्वाएर हुर्काउन पर्याे । मेरो भागमा परेको पाठीले पनि एक पाठो पायो तर बा ले आफ्नो (लामा धामी को) देउतालाई भाकल गरिदिनु भयो । मैले जोतीसकेपछि बा ले पुन बर्तन गर्दिए पनि जोत्न छोडीन । बा ले गोरू किनी सक्नुभएको थियो । मलाई खन्न भन्दा जोत्न नै सजिलो लाग्थ्यो । माथि उल्लेखित प्रसङ्गहरू जोत्नुभन्दा अगाडिका हुन् । २०३८ को मकै छर्ने देखि घरको रोपाई सकि, परिम तिरी १२ दिन मजुरीमा लगेँ । रू.१० र हलगोरूको थियो । रू.१२० र ले मलाई त्यतिबेला जडौरी(पैन्ट, जुत्ता पहिलोपटक) कपि, कलम, फिस छेलोखेलो नै भयो भन्दा हुन्छ ।

बासँग भयङ्कर भिडन्त
अनेरास्ववियु (एकताको पाँचौं)को छैटौं अधिबेशन २०३८चैत्र १० र १२ सम्म काठमाडौंमा हुने निर्णय भएछ । अनन्तः मरासिनी, टेक प्र.देबकोटा लगायतका विद्यार्थी नेताहरू तानसेनबाट मपढ्ने स्कुलमा आउनु भयो र उक्त युनियन समर्थक विद्यार्थीहरूको भेला गराउनु भयो । उक्त भेलाले मेरो अध्यक्षतामा प्रा.क.सौभाग्य मा.बि.चिदिपानी पुनर्गठन ग¥यो । केन्द्रीय अधिबेशनका प्रचारप्रसार सामाग्री र सहयोग रसिद छोडेर, अधिबेशनमा जान निम्तो दिएर जानुभयो । सबै तयारी पूरा भयो । फाल्गुनको पहिलो हप्तामा हाम्रो फेदीमा रहेको देशभक्त युबा क्लबको समन्वयमा हाम्रोतिरका धेरै नै विद्यार्थीहरूको भेला भयो र सबैजसो साथीहरू सहित म पनि उक्त अधिबेशनमा जाने निर्णय भयो । जाने अन्तिम दिनसम्ममा कुनै पनि साथीहरू जाने हुनुभएन,घर परिबारको दबाबमा। म जाने नै अडानमा रहेँ।जि.क.ले मलाई पर्यबेक्षक रूपमा लाने निर्णय गरेछ, प्रतिनिधि भएको भए खर्च जि.क.ले नै खर्च ब्यहोर्ने रहेछ । खर्च मैले नै जुटाउनु पर्ने भयो । बा ले पनि अन्य साथीकाले जस्तै मलाई जान नदिन भएभरको प्रयास गर्नुभयो । स्कुलतिर दादागिरी गर्ने दाइ हुनुहुन्थ्यो, बा ले भान्जा भन्ने, उहाँलाई गुहार्न जानुभएछ बा, अन्य उपायहरूले काम नगरेपछि, भन्नुभएछ “भान्जा, मेरो छोराको खुट्टा भाँचिदेउन, भाँचिएको खुट्टा त सन्चो हुनेछ तर नेपाल गएर जिउँदै आउँछ कि नाई’ । त्यसपछि त झन आपत मलाई, लुकेर हिड्नु पर्ने भयो । खर्च कसरी जुटाउने चिन्ता त छँदै थियोे ।“खाने मुखलाई जुँगाले छेक्दैन’, “तँ आँट म पु¥याउने छु“ भने झैं मेरो भागमा परेको, पाठो बा ले भाकल गरिदिनुभएको बाख्रो मेरो प्रिय साथी जनक बस्यालजीले रू.१२० र मा किनीदिनुभयो र बाटा खर्चको समस्या समाधान गरिदिनु भयो । मित्र जनकजीप्रति आजसम्म पनि म आभारी छु । बाटा खर्चको जोगाड भैसकेपछि म स्कुलमा जाँदा आउँदा भूमिगत जस्तै गर्दै अधिबेशनमा जाने दिनको प्रतिक्षामा बसेँ । मेरो आजसम्म पितृदेबताको रूपमा प्रतिरक्षा गरिरहनु हुने बा को मैले तत्कालीन अबस्थामा अल्प जोस र अल्पबुद्धिले हृदयमा चोट पुर्याएकोमा क्षमा याचना गर्दछु ।

वि.सं.२०७७ साउन १४ बुधवार १६:०२ मा प्रकाशित

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...