back
CTIZAN AD

छायाँनाथ सहकारीद्धारा एम्वुलेन्स सेवा सुचारु

वि.सं.२०७७ साउन १५ बिहीवार

885 

shares

१५ साउन, काठमाडौँ । छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाले आफना दूरदराजमा रहेका सदस्यहरुलाई सुविधा दिनका लागि एम्वुलेन्स सेवा शुरु गरेको छ । सहकारी संस्थाका सदस्यहरु विरामी परि तत्काल उद्धार गरि उपचार गर्न सहकारीले एम्वुलेन्स सेवा शुरु गरेको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले जानकारी दिए ।

काठमाडौंस्थित ठमेलमा रहेको नेचर निट प्रा.लीका संचालक भरत अधिकारी सहितको टोली गत बर्ष मुगु घुम्न आएका बेला दुर दराजका विरामी, सुत्केरी व्यथा लागेका महिलाहरुलाई स्थानियहरुले बोकेर स्वास्थ्य सस्थाहरुतिर लिदै गएकोे कारुणिक दृष्य देखेपछि टोलीले मुगालीको सेवाका लागी एम्वुलेन्स निस्वार्थ सहयोग गर्ने निर्णय गरेका थिए ।

सहकारी र अधिकारीको सहकार्यमा जिल्लामा एम्वुलेन्स सेवा शुरु भएपछि सहकारीले दुर दराजका दुर्गम क्षेत्रहरुमा एम्वुलेन्स सेवा दिएर विरामी तथा विपतमा परेका व्यक्ति परिवारहरुको उद्धार गर्ने कार्य सुरु गरेको छ ।

जिल्लाभरी रहेका आफना ९ हजार बढी सदस्यहरुलाई विभिन्न सेवा दिदै आएको सहकारीले थप एम्वुलेन्स सेवा पनि दिन थालेपछि सदस्यहरु सहकारीप्रति झन आक्रोशित र सहकारी सदस्यहरुकै लागिरहेछ भनेर बुझन थालेको सहकारीका उपाध्यक्ष कमल बहादुर बुढाको भनाई छ ।

२०७१ सालमा स्थापना भएको छायाँनाथ सहकारीका जिल्ला भरी ९ हजार बढी सदस्य रहेका छन् भने सदस्यहरुको बचत मात्र २१ करोड, लगानी २२ करोड र कूल कारोवार २३ करोड भन्दा बढी रहेको छ ।
सहकारीले एम्वुलेन्स सेवामा सदस्यहरुलाई जिल्ला एम्वुलेन्स संचालक समितिले तोकेको भाडादरमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

दुर्गममा साधन सोश्र अभावका कारण सर्वै नागरिकलाई वित्तिय साक्षरता दिन नसकिएको सहकारीका कोषाध्यक्ष हरि बहादुर बहादुर शाहीले सुनाए । छायाँनाथ सहकारीले आफना सदस्यहरुलाई सुत्केरी पोषण भत्ता,मृत्य सस्कार खर्च, जन्म दिन खर्च, युवा स्वरोजगार कार्यक्रम, विना धितो लगानी, विशषज्ञ स्वास्थ्य घुम्ती सेवा,एम्वुलेन्स सेवा दिदै आएको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार ११:१५ मा प्रकाशित

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...