back
CTIZAN AD

‘अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ

वि.सं.२०७७ साउन १५ बिहीवार

783 

shares

१५ साउन, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको आज भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको सङ्कटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए ।

कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीबाट फर्केका साथै श्रम बजार प्रवेश गर्ने नयाँ जनशक्तिका लागि पनि अवसर सिर्जना गर्न सबैको सहयोगको खाँचो औँल्याए । “हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि हामी नेपालको मानव पूँजीलाई उनीहरुको जीवन र जीविकोपार्जन संरक्षण गर्दै यसको लाभ उठाउनु हो”, उनले भने।

मन्त्री डा खतिवडाले रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र त्यसका लागि सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको उल्लेख गर्दै यसले मात्र उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्ने बताए ।

रोजगारी सर्भिसले वेबसाइट, मोबाइल एपलिकेसन, सामाजिक सञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसल प्रयोग गरेर पञ्जीकृत प्रवासी पुनरागमनलाई उचित रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्दै आएको छ । यो अभियान प्रवासी पुनरागमन र अन्य आर्थिकरुपले वञ्चित, समाजिक बहिष्कृत समूहको जीवनयापन आवश्यकताको प्रतिक्रिया दिन अघिल्ला प्रयासमा निर्मित रहेको रोजगारी सर्भिसेसले जनाएको छ ।

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले देशमै छ रोजगारी अभियान र युकेएड सीपलगायत सरोकारवालासँगको साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा श्रीनगर एग्रो फार्मकी सञ्चालक मौसमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना रहेको बताइन्। उद्योगी पवन गोल्यानले व्यावसायिक तालीम उपलब्ध गराएको खण्डमा १५ लाख भारतीय नागरिकले नेपालमा गर्ने काम नेपाली कामदारलाई दिन सकिने बताइन् ।

नेपाली श्रम बजारमा ७१ लाख श्रमिक क्रियाशील छन् । तीमध्ये कृषिमा मात्रै १५ लाख २३ हजार, थोक तथा खुद्रा व्यवसाय १२ लाख ४० हजार, उत्पादन १० लाख ७२ हजार, निर्माण क्षेत्रमा नौ लाख ७८ हजार, शिक्षामा पाँच लाख ५८ हजार, आवास तथा खानामा तीन लाख ७१ हजार श्रमिक आबद्ध रहेको सो अवसरमा जानकारी गराइयो ।

यसैगरी यातायात क्षेत्रमा तीन लाख २२ हजार, मानव स्वास्थ्यमा एक लाख ७१ हजार, सार्वजनिक प्रशासन एक लाख ३३ हजार, बैंक तथा वित्तीय क्षेत्र एक लाख १८ हजार, निजी घरायसी ७३ हजार, प्रशासन ६४ हजार, खानी ५९ हजार, सूचना तथा सञ्चार ६० हजार, प्राविधिक ४४ हजार, पानी वितरणमा ४२ हजार, विद्युत् तथा ग्यासमा ३४ हजार, कला र मनोरञ्जन ३४ हजार, विदेशी नियोगमा १८ हजार र घरजग्गामा १७ हजार आबद्ध छन् ।

रोजगारी परियोजनाले तत्कालै निर्माण क्षेत्रमा एक हजार ४७०, कार्यालय सहयोगीमा एक हजार ४२१, मार्केटिङ अफिसरमा एक हजार चार र निर्माणका कामदार ९५१ जनालाई रोजगारी दिन सकिने जनाएको छ । यस्तै रोजगारीमूलक तालिममार्फत बेकरी क्षेत्रमा एक हजार, व्यावसायिक बाख्रापालन तालीमबाट एक हजार ५००, एक्साभेटर र लोडरमा एक हजार ५०० लाई रोजगारी दिन सकिने बताइएको छ । (रासस)

वि.सं.२०७७ साउन १५ बिहीवार १९:४८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...