back
CTIZAN AD

विषयगत प्रश्नको उत्तर अनलाइनबाटै प्राप्त हुने

वि.सं.२०७७ साउन १५ बिहीवार

732 

shares

१५ साउन, काठमाडौँ । विद्यार्थीले सोधेको विषयगत प्रश्नको उत्तर अब अनलाइनमा नै प्राप्त हुने भएको छ । पाठशाला नेपालले https://pathshalanepal.com मा विद्यार्थीले सोधेको जुनसुकै प्रश्नको उत्तर सजिलै एकदेखि दुई घण्टामा उपलब्ध गराउने नेपालका सञ्चालक गोविन्द सापकोटाले जानकारी दिए ।

उनका अनुसार उक्त अनलाइनमा विद्यार्थीले कक्षा ८ देखि स्नातकोत्तर तहसम्म र लोकसेवा आयोगसम्बन्धी प्रश्नको उत्तर दिइनेछ । “विद्यार्थीले आफू नजानेको प्रश्न अनलाइनमा अपलोड गर्ने छन्”, उनले भने, “अनि हामीले ती विषयसँगसम्बन्धी शिक्षकबाट प्रश्नको उत्तर सोही अनलाइनमा राख्नेछौँ ।” अहिले दैनिक ५० वटा प्रश्न सोधिने गरेका छन् । विशेषगरी गणित, विज्ञान विषयमा विद्यार्थीले बढी प्रश्न सोध्ने गरेका छन् ।

पाठशाला नेपालले प्रश्नको उत्तर लेख्नका लागि १२ जना विषयगत शिक्षक अनलाइनमा राखेको छ । नेपालका सञ्चालक सापकोटा बन्दाबन्दीमा विद्यार्थीलाई पठनपाठन गर्न सहज होस् भनेर प्रश्नको उत्तरको व्यवस्था गरिएको बताए ।

वि.सं.२०७७ साउन १५ बिहीवार २०:०९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...