back
CTIZAN AD

उपत्यका प्रवेशमा कडाइ, रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक

वि.सं.२०७७ साउन १५ बिहीवार

684 

shares

१५ साउन, काठमाडौं । देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रुमा कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी  आजै १५ साउनबाटै साँझ ७ बजेदेखि विहान ७ बजेसम्म लागू हुने गरी काठमाडौँ उपत्यकामा प्रवेश नाकामा यात्रा आवागमनमा रोक  लगाइएको जनाएको छ ।

गृहले जारी गरेको सूचना अनुसार एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै यातायात बन्द गर्ने निर्णय गरिएको छ।

पछिल्ला दिनहरुमा उपत्यका प्रवेश गर्नेहरुमा कोरोना संक्रमण पाइएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मात्रै उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विभिन्‍न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि स्वास्थ्य मन्त्रालयले ती नाकाहरुमा कडाइका साथ स्वाब संकलन गरिरहेको छ।

वि.सं.२०७७ साउन १५ बिहीवार २१:४२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...