१५ साउन, काठमाण्डौं । नेपालमा विहिबार (१५ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ६४ हजार ६४८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,३०४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,२२७ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १४ हजार २४८ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका २७४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ भने आज निको भएर २२७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १४ हजार २४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी पर्साका ४९ जना, काठमाण्डौं उपत्यकामा ४५ जना, बाँकेमा २०, बारामा १७ र धनुषामा १४ जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा ४१, भक्तपुरमा २, ललितपुरमा २ गरी उपत्यकामा ४५ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी स्याङजामा १२, दैलेखमा १०, सुर्खेतमा ९, बर्दियामा ८, कास्कीमा ७, नवलपरासीपूर्वमा ६, बाग्लुङमा ६, महोत्तरीमा ६, कैलालीमा ५,सर्लाहीमा ५ जना धादिङमा ४ र लम्जुङमा ४ जना, झापा, सल्यान, दाङ र तनहुँमा ३\३ जना र सुर्खेत, मोरङ, नुवाकोट, उदयपुर, सुनसरी, रौतहट, प्युठान, सप्तरी, कन्चनपुर र डडेल्धुरा २/२ जनामा संक्रमित थपिएका छन् ।
आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १९,५४७ पुग्यो
त्यस्तै झापा, नवलपरासी, चितवन, दोलखा, गोरखा,अर्घाखाँची, कपिलवस्तु, खोटाङ, रुपन्देही, मुगु, जाजरकोट, दार्चुला र प्युठानमा १/१ जना गरी जम्मा संक्रमितको संख्या २७४ जनामा संक्रमण पुष्टि भएको छ ।
आज २२७ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा आज २२७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २२७ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज २२७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४,२४८ पुगेको छ ।
कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ८२९ जना, प्रदेश २ मा ३,०७५ जना, बाग्मति प्रदेशमा ५२४ जना, गण्डकी प्रदेशमा १,२३० जना, प्रदेश नं ५ मा ३,९१८ जना,कर्णाली प्रदेशमा १,६९९ जना र सुदूरपश्चिम प्रदेशमा २,९७३ गरी जम्मा १४ हजार २४८ जना निको भएका हुन् ।
क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १४९०, प्रदेश २ मा १७८१, बाग्मति प्रदेशमा ९६०, गण्डकी प्रदेशमा ३,२६६, प्रदेश नं ५ मा १७८७, कर्णाली प्रदेशमा ५८२ र सुदूरपश्चिम प्रदेशमा ३३३५ गरी १३२०१ जना क्वारेन्टिनमा रहेका छन् ।
आज ३ जनाको मृत्यु भएको पुष्टि
नेपालमा कोरोना संक्रमणबाट आज ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्साका २ जना र मोरङका १ जना रहेका छन् । मोरङको सुनवर्सी नगरपालिका वडा नं ८ का ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ ।
ज्वरो र स्वास प्रश्वासमा समस्या भएको र निरन्तर भारत आवतजावत गर्ने गरेका उनलाई स्वास्थ्यमा समस्या आएपछि कोभिड अस्पताल विराटनगरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १४ गते रेफर गरिएको थियो । उनको श्वाव संकलन गरी प्रादेशिक प्रयोगशाला प्रदेश नं १ मा परीक्षण गर्दा साउन १४ गते नै कोरोना पुष्टि भएको थियो । आइसीयुमा राखेर भेन्टिलेटरमा उपचार गरिएका उनको बुधबार ४ः४५ मा मृत्यु भएको हो ।
त्यसैगरी पर्साको विरगन्ज महानगरपालिका वडा नं ७ का ७० वर्षीय पुरुषको पनि बुधबारै संक्रमणका कारण मृत्यु भएको हो । मुटु तथा मधुमेहका विरामी रहेका उनको वीरगन्जको निजी अस्पतालमा निमोनियाको उपचार गराउने क्रममा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि साउन ८ गते नारायणी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा साउन १४ गते बिहान ११ बजे मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनमा साउन १४ गते कोरोना पुष्टि भएको थियो ।
पर्साकै विरगन्ज महानगरपालिका वडा नं ५ का ६८ वर्षीय पुरुषको पनि बुधबारै मृत्यु भएको छ । मिर्गौलाको समस्या भएका उनमा साउन ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । झाडा पखाला भएका उनी वीरगन्जका विभिन्न निजी अस्पतालमा जाँच गराई साउन १३ गते नारायणी अस्पतालमा पुगेका थिए । त्यहाँको आइसीयुमा राख्न नसकिएकाले नेशनल मेडिकल कलेजमा भर्ना गरेर उपचार गर्ने क्रममा उनको साउन १४ गते बुधबार बिहान ३ बजे मृत्यु भएको थियो ।
बुधबार एकैदिन ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
नेपालमा साउन १४ सम्मको कोरोना अपडेटः १९,२७३, संक्रमित, १४ हजार बढी निको, ४९ जनाको मृत्यु
वि.सं.२०७७ साउन १५ बिहीवार १९:०३ मा प्रकाशित






























