back
CTIZAN AD

नेपालमा साउन १४ सम्मको कोरोना अपडेटः १९,२७३, संक्रमित, १४ हजार बढी निको, ४९ जनाको मृत्यु

वि.सं.२०७७ साउन १४ बुधवार

813 

shares

१४ साउन, काठमाण्डौं । नेपालमा बुधबार (१४ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ५८ हजार ३४४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,०३७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,३६० जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १४ हजार ४७१ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका २१० जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ भने आज निको भएर १४६ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १४ हजार २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ४९ पुगेको छ ।

आज काठमाण्डौंका चौधसहित २१० जनामा कोरोना संक्रमण
नेपालमा आज २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी डोटीमा ५२, पर्सामा ३४, स्याङजामा २६, काठमाण्डौंमा १४, महोत्तरीमा १४ र धनुषामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज काठमाण्डौंका चौधसहित २१० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,२७३ पुग्यो

त्यस्तै मोरङमा ८, कैलालीमा ८, कन्चनपुरमा ८, बाग्लुङमा ७, धादिङमा ७, कपिलवस्तु, नवलपरासीपूर्व, सप्तरी, म्याग्दी र बैतडीमा २÷२ जना र सर्लाही, भक्तपुर,रौतहट, तनहुँ, सुर्खेत र सुनसरीमा १\१ जना गरी आज जम्मा २१० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २१० जना थपिएसँगै सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार २७३ पुगेको छ ।

कुन प्रदेशमा कति छन् त सक्रिय संक्रमित ?
त्यस्तै सक्रिय संक्रमित ५,२०३ जनामा प्रदेश १ मा २२६ प्रदेश २ मा १९८२, बाग्मति प्रदेशमा ४८३ गण्डकी प्रदेशमा २८८ प्रदेश नं ५ मा ४०१ कर्णाली प्रदेशमा ३०२ र सुदूरपश्चिम प्रदेशमा १,५२१ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज १४६ जनाले कोरोनालाई जितेर घर फर्किए
नेपालमा आज १४६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १४६ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज १४६ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार २१ पुगेको छ ।

कूल संक्रमित मध्ये निको हुनेको यो ७२.७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज भए त ?
प्रदेश १ मा ७८९, प्रदेश २ मा ३,०१८, बाग्मति प्रदेशमा ५१८, गण्डकी प्रदेशमा १,२२७, प्रदेश नं ५ मा ३,९१०, कर्णाली प्रदेशमा १,६८६ र सुदूरपश्चिम प्रदेशमा २,८२१ गरी १४ हजार २१ जना कोरोनाबाट निको भएर घर फकिएका हुन् ।

त्यसैगरीमन्त्रालयका अनुसार  संक्रमित शून्य भएका ५ जिल्लामा भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको प्रदेश विवरण
प्रदेश १ मा १८४२ प्रदेश २ मा १८४९, बाग्मती प्रदेशमा १,०३५, गण्डकी प्रदेशमा ३,३८२, प्रदेश नं ५ मा १८२४ कर्णाली प्रदेशमा ६४३ र सुदूरपश्चिम प्रदेशमा ३०९६ जना रहेका छन् ।

यस्तो छ हेर्नुहोस् नेपालमा साउन १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन १४ बुधवार १८:१२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...