back
CTIZAN AD

भारतमा कोरोना : २४ घण्टामा ५२ हजार १२३ मा कोरोना, संङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो

वि.सं.२०७७ साउन १५ बिहीवार

633 

shares

१५ साउन (रासस/एएनआइ) : छिमेकी देश भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७५ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ९६८ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये १० लाख २० हजार ५२८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख २८ हजार २४२ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यको रुपमा रहेको छ । महाराष्ट्रमा बुधबार एकै दिनमा नौ हजार २११ व्यक्ति थप सङ्क्रमित भएका छन् भने एकै दिनमा २९८ जनाको मृत्यु भएको छ ।

महाराष्टमा कुल चार लाख ६५१ जना सङ्क्रमित अवस्थामा रहेका छन् भने दुई लाख ७५५ जना निको भएर घर फर्किएका छन् । हाल महाराष्ट्रमा एक लाख ४६ हजार १२९ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने । कोरोना सङ्क्रमणको कारण हालसम्म १४ हजार ४६३ व्यक्तिको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा दुई लाख ३४ हजार ११४ जनामा सङ्क्रमण भएको छ र राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक लाख ३२ हजार २७५ जना सङ्क्रमण भएको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार १८:२४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...