back
CTIZAN AD

प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित १८ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ साउन १९ सोमवार

765 

shares

१९ साउन, मोरङ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित विराटनगरका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितहरुमा विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेका छन् । महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीका अनुसार विराटनगर ७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष तथा ६ का २४ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ ।

उनलाई कहाँबाट कोरोना संक्रमण भयो खुलेको छैन । केही दिनअघि मुख्य न्यायाधिवक्ता आचार्यलाई सामान्य ज्वरो आएको थियो । ज्वरो आएसँगै उनी होम क्वारेन्टिनमा बसेका थिए ।

मुख्य न्यायाधिवक्तालाई कोरोना देखिएसँगै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा उच्च अधिकारीहरुले सतर्कता अपनाएका छन् ।

कोशी अस्पतालमा कार्यरत २ जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा समेत संक्रमण पुष्टि भएसँगै विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १३८ पुगेको छ ।

वि.सं.२०७७ साउन १९ सोमवार १४:४० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...