back
CTIZAN AD

विशेषज्ञको सुझाव : कोरोनाबाट सुरक्षित रहन चश्मा वा आई शिल्ड लगाउनुस्

वि.सं.२०७७ साउन १९ सोमवार

675 

shares

१९ साउन । अमेरिकाका सबैभन्दा प्रसिद्ध कोरोना विशेषज्ञ डा. एन्थोनी फौचीले कोरोनाबाट सुरक्षित रहन मास्क जस्तै चश्मा पनि लगाउन आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार मास्कका साथै आँखामा चश्मा वा आई शील्ड लगाउनु मान्छेहरुलाई भाइरसबाट जोगिने राम्रो सुरक्षा हो । यद्यपि, डब्ल्यूएचओ वा विभिन्न देशका सरकारी एजेन्सीहरूले सर्वसाधारणको चश्मा लगाउन कुनै अपील गरेका छैनन् ।

एक संसारमाध्यमसँगको अन्तर्वार्तामामा अमेरिकाको शीर्ष संक्रामक रोग विशेषज्ञ तथा ट्रम्प सरकारको कोरोना टास्क फोर्सका सदस्य फौचिले भनेका थिए ‘यदि तपाईसँग चश्मा वा आई शील्ड छ भने तपाईले त्यसलाई प्रयोग गर्नुपर्छ । प्रत्येक परिस्थितिमा यो गर्न उचित हुँदैन, तर यदि तपाईं पूर्ण रूपमा सुरक्षित हुन चाहानुहुन्छ भने तपाईंले सायद यो गर्नु पर्छ, यदि तपाईंले सक्नुहुन्छ भने ।’

डा एन्थोनी फौचिले भनेका छन् ः सिद्धान्त तपाईले आँखा, नाक र मुख, सबै कुरा जोगाउनु पर्छ । अमेरिकाको प्रमुख संस्था सीडीसीले मानिसहरूलाई उनीहरूको नाक र मुखमा मास्क लगाउन भन्यो तर भाइरस आँखाबाट पनि फैलिन सक्छ ।

विश्वमा हाल कोरोना भाइरसको कूल संक्रमित संख्या १.७७ करोड रहेको छ । हालसम्म ६.८३ लाख मानिस कोरोनाबाट मरेका छन् । भारत र अमेरिकालगायत धेरै देशहरूमा कोरोनाका केसहरू द्रुत गतिमा बढिरहेका छन् ।(एजेन्सी)

वि.सं.२०७७ साउन १९ सोमवार १४:१८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...