back
CTIZAN AD

कोरोना कहर : डेढ घण्टामै नतिजा दिने परीक्षण सुरु हुने

वि.सं.२०७७ साउन १९ सोमवार

720 

shares

१९ साउन, यूके । कोरोना भाइरस(कोभिड १९) अहिले विश्वकै लागि टाउको दुखाइको विषय बनेको छ । यसको कुनै अचुक उपचार त छैन भने परीक्षणको नतिजा आउन पनि केही दिन नै कुर्नु पर्ने अवस्था छ । तर अब यूकेले भने परीक्षणको डेढ घण्टामै नतिजा दिने परीक्षण विधि सुरु गर्न लागेको छ ।

नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने नयाँ ‘जीवन रक्षक’ कोरोनाभाइरस परीक्षण विधि यूकेमा आगामी साताबाट सुरु गर्न लागिएको विविसिले समाचारमा जनाएको छ ।

हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्ने गरेको छ ।
सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुने र यो वर्ष थप लाखौँ त्यस्ता किट बनाइने पनि समाचारमा जनाइएको छ ।

कोभिड– १९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन्।स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले कोरोनाभाइरस परीक्षणसम्बन्धी यो नयाँ विकसित प्रविधि जीवन रक्षक हुने पनि बताए।

परीक्षण किट बनाएको अक्सफोर्ड नानोपोरका प्रमुख कार्यकारी गोर्डन साङ्घेराले यो परीक्षण विश्वभरका लागि सस्तो र सहज परीक्षण हुने सम्भावना रहेको बताए।

यो परीक्षणको सबैभन्दा ठूलो फाइदा भनेको जाडो याममा लाग्ने अन्य फ्लुबाट कोभिड– १९ लाई छुट्याउन सकिनु रहेको बताइएको छ ।

वि.सं.२०७७ साउन १९ सोमवार १३:४९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...