back

एसइइको नतिजा अन्तिम चरणमा, केहि दिनभित्रै सार्वजनिक हुने

वि.सं.२०७७ साउन १९ सोमवार

186 

shares
RBB AD
NTC AD

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएअनुसार नतिजा अबको केही दिनभित्रै सार्वजनिक हुनेछ ।

‘एसइइको नतिजाको लागि परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट हुने सबै तयारी सकिएको छ, परीक्षा बोर्डको बैठक बसेसँगै लगत्तै नतिजा सार्वजनिक हुन्छ’, खकुरेलले भने, ‘हाम्रो तयारी छिटोभन्दा छिटो सार्वजनिक गर्नेमा छ ।’

खकुरेलका अनुसार परीक्षा नियन्त्रण कार्यालयले सबै विद्यालयले पठाएको विवरण रुजू गर्ने र प्राप्ताङ्ग कम्यूटरमा राख्ने काम गरिसकेको छ । परीक्षा नियन्त्रण कार्यालयले तयार गरेको विवरण परीक्षा बोर्डबाट स्वीकृत भएसँगै नतिजा सार्वजनिक हुनेछ ।

नियन्त्रक खकुरेलका अनुसार परीक्षा बोर्डको बैठक बसेको एक/दुई दिनभित्रमै नतिजा सार्वजनिक हुनेछ । उनले जनाएअनुसार अबको ३÷४ दिनभित्र नतिजा सार्वजनिक हुने सम्भावना छ ।

लकडाउन र बाढी पहिरोको कारण विद्यालयले मूल्यांकन विवरण पठाउन ढिलाई गर्दा नतिजा तयारीमा केही ढिलाई हुन पुगेको थियो । परीक्षा नियन्त्रण कार्यालयले असार ३० सम्म सबै विद्यालयलाई विवरण पठाउन निर्देशन गरेपनि विवरण भने एक साता पछि मात्रै प्राप्त भएको थियो ।

कोरोना महामारीका कारण लकडाउन भएसँगै स्थगित गत वर्षको एसइइ परीक्षा सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा तयार गर्ने गरि कार्यविधि बनेको थियथो । सोही कार्यविधि अनुसार नै परीक्षा नियन्त्रण कार्यालयले अन्तिम नतिजा तयार गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले जनाएअनुसार विद्यालयले पठाएको अंकभारलाई नै अन्तिम मानेर नतिजा तयार भएको छ ।

गत जेठ २८ मा बसेको मन्त्रिपरिषद बैठकले गत वर्षको एसइइ परीक्षाको नतिजा विद्यालयकै मूल्यांकनको आधारमा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

एसइइको नतिजा साउन तेस्रो सातासम्ममा सार्वजनिक हुने

वि.सं.२०७७ साउन १९ सोमवार १४:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने...

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

साउन १ देखि पशुपति आर्यघाटको विद्युत् गृह निःशुल्क गरिने

साउन १ देखि पशुपति आर्यघाटको विद्युत् गृह निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि...

संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

पाटन (ललितपुर) । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको...