back
CTIZAN AD

एसइइको नतिजा अन्तिम चरणमा, केहि दिनभित्रै सार्वजनिक हुने

वि.सं.२०७७ साउन १९ सोमवार

867 

shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएअनुसार नतिजा अबको केही दिनभित्रै सार्वजनिक हुनेछ ।

‘एसइइको नतिजाको लागि परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट हुने सबै तयारी सकिएको छ, परीक्षा बोर्डको बैठक बसेसँगै लगत्तै नतिजा सार्वजनिक हुन्छ’, खकुरेलले भने, ‘हाम्रो तयारी छिटोभन्दा छिटो सार्वजनिक गर्नेमा छ ।’

खकुरेलका अनुसार परीक्षा नियन्त्रण कार्यालयले सबै विद्यालयले पठाएको विवरण रुजू गर्ने र प्राप्ताङ्ग कम्यूटरमा राख्ने काम गरिसकेको छ । परीक्षा नियन्त्रण कार्यालयले तयार गरेको विवरण परीक्षा बोर्डबाट स्वीकृत भएसँगै नतिजा सार्वजनिक हुनेछ ।

नियन्त्रक खकुरेलका अनुसार परीक्षा बोर्डको बैठक बसेको एक/दुई दिनभित्रमै नतिजा सार्वजनिक हुनेछ । उनले जनाएअनुसार अबको ३÷४ दिनभित्र नतिजा सार्वजनिक हुने सम्भावना छ ।

लकडाउन र बाढी पहिरोको कारण विद्यालयले मूल्यांकन विवरण पठाउन ढिलाई गर्दा नतिजा तयारीमा केही ढिलाई हुन पुगेको थियो । परीक्षा नियन्त्रण कार्यालयले असार ३० सम्म सबै विद्यालयलाई विवरण पठाउन निर्देशन गरेपनि विवरण भने एक साता पछि मात्रै प्राप्त भएको थियो ।

कोरोना महामारीका कारण लकडाउन भएसँगै स्थगित गत वर्षको एसइइ परीक्षा सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा तयार गर्ने गरि कार्यविधि बनेको थियथो । सोही कार्यविधि अनुसार नै परीक्षा नियन्त्रण कार्यालयले अन्तिम नतिजा तयार गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले जनाएअनुसार विद्यालयले पठाएको अंकभारलाई नै अन्तिम मानेर नतिजा तयार भएको छ ।

गत जेठ २८ मा बसेको मन्त्रिपरिषद बैठकले गत वर्षको एसइइ परीक्षाको नतिजा विद्यालयकै मूल्यांकनको आधारमा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

एसइइको नतिजा साउन तेस्रो सातासम्ममा सार्वजनिक हुने

वि.सं.२०७७ साउन १९ सोमवार १४:४३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...