back
CTIZAN AD

वामदेवको असन्तुष्टी बुझ्न प्रचण्ड भैंसेपाटीमा

वि.सं.२०७७ साउन २० मंगलवार

687 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । दाहाल सचिवालयले जनाएअनुसार प्रचण्ड केहि बेरअघि भैंसेपाटी पुगेका हुन् ।

सचिवालयले जानकारी दिएअनुसार पछिल्लो राजनीतिक अवस्थाबारे दुई नेताबीच छलफल चलिरहेको छ ।

गौतमले गत साउन १३ मा ६ बुँदे प्रेस नोटमार्फत आफ्नो धारणा स्पष्ट पारेका थिए । उनले एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री हुने प्रस्ताव गरेका थिए । ६ बुँदे प्रस्ताव राखेकै साँझ प्रधानमन्त्री ओली उनलाई भेट्न भैंसेपाटी पुगेका थिए ।

गत साउन १३ मा ६ बुँदे प्रस्ताव अघि सारेसँगै गौतमप्रति दाहाल–नेपाल समुहले शंकापूर्णं रुपमा व्यवहार गरेको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली निकट भएको विश्लेषण गरिन थालिएको छ ।

पछिल्ला ओली–दाहाल बैठकमा ओलीले स्थायी समिति बैठकको विकल्पमा सचिवालय बैठकको प्रस्ताव गरेसँगै दाहाल संशकीत देखिएका छन् । ओलीले सचिवालयबाट बहुमत पुर्याउन सक्ने अनुमान गरिएको अवस्थामा प्रचण्डको भैंसेपाटी भेटलाई अर्थपूर्णं हेरिएको छ ।

आज साँझ नै ओली–दाहालबीच बैठकको कार्यक्रमसमेत तय भएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार १२:४८ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...