back

वामदेवको असन्तुष्टी बुझ्न प्रचण्ड भैंसेपाटीमा

वि.सं.२०७७ साउन २० मंगलवार

174 

shares
RBB AD
NTC AD

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । दाहाल सचिवालयले जनाएअनुसार प्रचण्ड केहि बेरअघि भैंसेपाटी पुगेका हुन् ।

सचिवालयले जानकारी दिएअनुसार पछिल्लो राजनीतिक अवस्थाबारे दुई नेताबीच छलफल चलिरहेको छ ।

गौतमले गत साउन १३ मा ६ बुँदे प्रेस नोटमार्फत आफ्नो धारणा स्पष्ट पारेका थिए । उनले एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री हुने प्रस्ताव गरेका थिए । ६ बुँदे प्रस्ताव राखेकै साँझ प्रधानमन्त्री ओली उनलाई भेट्न भैंसेपाटी पुगेका थिए ।

गत साउन १३ मा ६ बुँदे प्रस्ताव अघि सारेसँगै गौतमप्रति दाहाल–नेपाल समुहले शंकापूर्णं रुपमा व्यवहार गरेको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली निकट भएको विश्लेषण गरिन थालिएको छ ।

पछिल्ला ओली–दाहाल बैठकमा ओलीले स्थायी समिति बैठकको विकल्पमा सचिवालय बैठकको प्रस्ताव गरेसँगै दाहाल संशकीत देखिएका छन् । ओलीले सचिवालयबाट बहुमत पुर्याउन सक्ने अनुमान गरिएको अवस्थामा प्रचण्डको भैंसेपाटी भेटलाई अर्थपूर्णं हेरिएको छ ।

आज साँझ नै ओली–दाहालबीच बैठकको कार्यक्रमसमेत तय भएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार १२:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संसद्को संयुक्त बैठकका लागि परामर्श गर्दै सभामुख

संसद्को संयुक्त बैठकका लागि परामर्श गर्दै सभामुख

काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको...

संसदको गतिरोध अन्त्य गर्न कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’

संसदको गतिरोध अन्त्य गर्न कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्यको प्रयासमा...

बागमतीसहित तीन प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

बागमतीसहित तीन प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको...

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

पश्चिम नवलपरासीमा दुई कार्यालय थप्दै प्रदेश सरकार

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा...

मन्त्रिपरिषद् विस्तार, स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त

मन्त्रिपरिषद् विस्तार, स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेको छन्...