back

फेरि लकडाउन हुनसक्ने, सुझाव लिन प्रधानमन्त्री विज्ञसँगको छलफलमा

वि.सं.२०७७ साउन २० मंगलवार

150 

shares
NTC AD
Global IME AD

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारी बढ्दै गएसँगै सरकारले नियन्त्रणको उपाय खोज्न थालेको छ । लकडाउन खुला गरेसँगै महामारी व्यापक हुन जाँदा सरकार उपाय खोज्न बाध्य भएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको उपाय खोज्न विज्ञहरुलाई छलफलमा बोलाएका छन् । मंगलबार उनले विज्ञहरुलाई बालुवाटार बोलाएर छलफल थालेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएअनुसार बालुवाटारमा अहिले छलफल सुरु भएको छ ।

थापाले जनाएअनुसार आजको छलफलमा २० जनाभन्दा बढि विज्ञको सहभागिता छ । सहभागीले कोरोना नियन्त्रणको उपायबारे आ–आफ्नो सुझाव राख्ने छन् ।

लकडाउन खुला गरेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका र तराईका क्षेत्रमा कोरोना संक्रमणले व्यापकता लिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएसँगै सरकार नियन्त्रणको खोजीमा लागेको हो ।

उनले जनाएअनुसार सरकारले विज्ञहरुसँगको छलफलसँगै कोरोना नियन्त्रणबारे आगामी रणनीति तयार गर्नेछ ।

लकडाउन खुला गरेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका र तराईका क्षेत्रमा कोरोना संक्रमणले व्यापकता लिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएसँगै सरकार नियन्त्रणको खोजीमा लागेको हो ।

हाल केहि दिनदेखि उपत्यका प्रवेशमा कडाई गरिनुका साथै कोरोना संक्रमण देखिएका तराईका केहि क्षेत्रमा लकडाउनका साथै कफ्र्यु पनि लगाइएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार १२:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गृहद्वारा विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

गृहद्वारा विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा...

शङखमुलमा भएको आगलागी नियन्त्रणमा, झण्डै दर्जन पसलमा क्षति

शङखमुलमा भएको आगलागी नियन्त्रणमा, झण्डै दर्जन पसलमा क्षति

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...

के–के छन् सुविधा, लगानी सम्मेलनकै दिन जारी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

के–के छन् सुविधा, लगानी सम्मेलनकै दिन जारी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

कालिका खड्का, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही...

यस्तो छ लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र...