back
CTIZAN AD

फेरि लकडाउन हुनसक्ने, सुझाव लिन प्रधानमन्त्री विज्ञसँगको छलफलमा

वि.सं.२०७७ साउन २० मंगलवार

621 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारी बढ्दै गएसँगै सरकारले नियन्त्रणको उपाय खोज्न थालेको छ । लकडाउन खुला गरेसँगै महामारी व्यापक हुन जाँदा सरकार उपाय खोज्न बाध्य भएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको उपाय खोज्न विज्ञहरुलाई छलफलमा बोलाएका छन् । मंगलबार उनले विज्ञहरुलाई बालुवाटार बोलाएर छलफल थालेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएअनुसार बालुवाटारमा अहिले छलफल सुरु भएको छ ।

थापाले जनाएअनुसार आजको छलफलमा २० जनाभन्दा बढि विज्ञको सहभागिता छ । सहभागीले कोरोना नियन्त्रणको उपायबारे आ–आफ्नो सुझाव राख्ने छन् ।

लकडाउन खुला गरेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका र तराईका क्षेत्रमा कोरोना संक्रमणले व्यापकता लिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएसँगै सरकार नियन्त्रणको खोजीमा लागेको हो ।

उनले जनाएअनुसार सरकारले विज्ञहरुसँगको छलफलसँगै कोरोना नियन्त्रणबारे आगामी रणनीति तयार गर्नेछ ।

लकडाउन खुला गरेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका र तराईका क्षेत्रमा कोरोना संक्रमणले व्यापकता लिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएसँगै सरकार नियन्त्रणको खोजीमा लागेको हो ।

हाल केहि दिनदेखि उपत्यका प्रवेशमा कडाई गरिनुका साथै कोरोना संक्रमण देखिएका तराईका केहि क्षेत्रमा लकडाउनका साथै कफ्र्यु पनि लगाइएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार १२:१४ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...