back
CTIZAN AD

प्रकौली ब्यारेक जलेश्वरमा कार्यरत १४ नेपाली सेनामा कोरोना

वि.सं.२०७७ साउन २० मंगलवार

864 

shares

२० साउन, जनकपुरधाम । प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा ३६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार महोत्तरीमा १५ जना कोरोना संक्रमित भएकोमा १४ जना नेपाली सेनाका रहेका छन् । महोत्तरीमा संक्रमण पुष्टि भएकाहरुमा रणभीम गण प्रकौली ब्यारेक जलेश्वरमा कार्यरत १४ जना नेपाली सेनाका रहेका छन् ।

धनुषामा १२ जना, सप्तरीमा ७ जना, सिरहामा १ जना र सर्लाहीमा १ जना व्यक्ति संक्रमित भएका छन् ।

धनुषामा बैंक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ भने स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ ।

यस प्रदेशमा मंगलबार मात्रै सप्तरीमा २ सय ८, सिरहामा १४, धनुषामा ७८, महोत्तरीमा ५१, सर्लाहीमा ३६, रौतहटमा ८६, बारामा ९५ र पर्सामा २८ जना गरी ५ सय ९६ जनाको स्वाब संकलन गरिएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २७ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, सर्लाहीका १८ र बाराका ८ जना व्यक्तिहरु छन् ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ५४, सिरहाका १ सय ६६, धनुषाका ५ सय ८०, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५०, बाराका १ सय ७० र पर्साका १ सय ९५ जना गरी ३ हजार २ सय ११ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १२, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरी १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार २०:४६ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...