back
CTIZAN AD

प्रदेश दुईमा आइसोलेशनमा पाँच सय शैय्या थप गर्ने निर्णय

वि.सं.२०७७ साउन २० मंगलवार

765 

shares

साउन २०,जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा तत्काल पाँच सय सैयाको उपचार सहितको आइसोलेशन बेड थपिने भएको छ ।

कोरोना महामारी भयावह रुप लिन थाले पछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाउनु भएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेशन सैया थप गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हाल सम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

कोरोना परीक्षणलाई तीब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ ।

बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा. राम केवल साह जीतेन्द्र कुमार यादव सहितको सहभागिता रहेको थियो ।

वि.सं.२०७७ साउन २० मंगलवार २०:५१ मा प्रकाशित

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...