back
CTIZAN AD

बालागुरु षडानन्द प्रतिष्ठानमा विष्णुराज कुसम

वि.सं.२०७३ पुस १६ शनिवार

1.1K 

shares

 १६ पुस, काठमाडौँ । विसं १९३२ मा भोजपुर दिङ्लामा बालागुरु षडानन्दले स्थापना गर्नुभएको संस्कृत पाठशाला, मठमन्दिर, गुठीलाई सहयोग गर्न गठित आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको छ ।

प्रतिष्ठानको आज राजधानीमा सम्पन्न अधिवेशनले अध्यक्षमा विष्णुराज कुसम, उपाध्यक्षमा प्रा चेतोनाथ गौतम, सचिवमा प्रा लालानाथ सुवेदी, सहसचिवमा निर्मला पोखरेल, कोषाध्यक्षमा आत्मेश्वमर चापागाईं तथा सदस्यहरुमा प्रा डा हेमाङ्गराज अधिकारी, रामप्रसाद राई, रवीन्द्र अधिकारी र पुष्प बस्नेत निर्वाचित हुनुभएको छ ।

विद्यालय र मठ मन्दिरको स्थापना र सञ्चालनका लागि गुठीको व्यवस्था गरी शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार, पर्यावरण संरक्षण, आबाल ब्रह्मचारी षडानन्दको कृति र कीर्तिलाई चिरस्थायी बनाउने उद्देश्यले २०६४ सालमा प्रतिष्ठान स्थापना भएको थियो ।

नवनिर्वाचित समितिले षडानन्दको जीवनीमा आधारित वृत्तचित्र निर्माणको अगुवाइ गर्ने, षडानन्दसम्बन्धी थप सामग्रीको प्रकाशन गरी प्रचारप्रसार गर्ने र नियमित कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको सचिव सुवेदीले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १६ शनिवार १४:५० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...