back
CTIZAN AD

विधेयकलाई यथास्थितिमा समर्थन गर्न सकिँदैन : अध्यक्ष थापा

वि.सं.२०७३ पुस १६ शनिवार

1K 

shares

१६ पुस, धनगढी  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विधेयकलाई यथास्थितिमा समर्थन गर्न नसकिने बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले दर्ता भएको विधेयकका केही दफा राष्ट्रहित विपरीत रहेको, प्रमुख प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको तथा मधेसी दल असन्तुष्ट रहेको अवस्थामा विधेयकलाई जस्तको तस्तै पारित गराउन गाह्रो हुने बताउनुभयो ।

विधेयकलाई तत्काल थाती राखेर सहमतिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनका लागि दलहरुबीच भइरहेका पछिल्ला वार्ताले समस्या समाधान गर्नेभन्दा पनि देश मुठभेडतर्फ जाने सम्भावना देखिएकोे उहाँले दाबी गर्नुभयो ।

भोलि आइतबार महेन्द्रनगरमा हुने राप्रपाको क्षेत्रीय भेलालाई सम्बोधन गर्न अध्यक्ष थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, आपूर्ति मन्त्री एवम् राप्रपाका नेता दीपक बोहरालगायतका नेता आज यहाँ आउनुभएको हो । रासस

वि.सं.२०७३ पुस १६ शनिवार १४:४९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...