back
CTIZAN AD

पार्टी विवाद पदका लागि नभएको अध्यक्ष प्रचण्डद्वारा स्पष्ट

वि.सं.२०७७ साउन २१ बुधवार

774 

shares

२१ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र पदको विवाद नरहेको प्रष्ट पारेका छन्।

प्रचण्डको सचिवालयका तर्फबाट गंगा दाहालले सामाजिक सञ्जालमा पार्टीभित्रको विवाद नरहेको प्रष्ट पारेकी छन् । ‘पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो’  सञ्जालमा  भनिएको छ ।

उनले जिवित कम्युनिष्ट पार्टीभित्र विचार र बहस हुनु सामान्य प्रक्रिया भएको जनाउँदै  ‘विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहने हुँदा विचार र बहस हुनु सामान्य प्रक्रिया’ भएको उल्लेख गरेकी छन् ।

‘विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहन्छ र यो सामान्य हो । पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो । राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।’

पदकै लोभले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएको टिकाटिप्पणी भएपछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको हो ।

नेकपाको असार १० गतेदेखि जारी स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा प्रमुखतासाथ उठेपछि पटकपटक स्थगित हुँदै आएको छ । ‘एक व्यक्ति एक पद’ लागू गुर्नुपर्ने दबाब प्रधानमन्त्रीलाई परेपछि उनले व्यक्तिगत चाहनामै पटकपटक स्थायी कमिटी बैठक स्थगित गर्दै आएका छन् ।

साउन १३ अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक स्थगित गरेको घोषणा गरेलगतै अध्यक्ष प्रचण्डले आफ्नो अध्यक्षतामा स्थायी कमिटी बैठक सञ्चालन गरेका थिए । त्यसयता केही दिनसम्म खासै कुराकानी नभएकोमा केहि दिनदेखि भने नियमित भेटवार्ता हुँदै आएको थियो । आज पनि दुई अध्यक्षबीच भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा स्थगित भएको छ ।

पार्टी भित्र विवाद बढ्दै जान थालेपछि केन्द्रीय कार्यसमितिको बैठकको माग हुन थालेको छ ।

वि.सं.२०७७ साउन २१ बुधवार १८:५२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...