back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा साउन २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन २१ बुधवार

657 

shares

२१ साउन, काठमाण्डौं । नेपालमा बुधबार (२१ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख १२ हजार ९५३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,३५९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,१७४ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ९,९२५ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ३८१ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ भने आज निको भएर १३० जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १५ हजार १५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज मृत्यु भएको पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी पर्सामा १५१ जना, काठमाण्डौंमा ५७ जना, बारामा २८ जना, महोत्तरीमा १७ जना, स्याङजामा १७ जना, मोरङमा १४ जना र बाँकेमा १३ जना जना संक्रमित भेटिएका छन् । त्यसैगरी आज ललितपुरमा ५ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा संक्रमितको संख्या शून्य रहेको छ ।

आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१,३९० पुग्यो

त्यसैगरी धनुषामा १२, बझाङमा ११, सुर्खेतमा १०, कपिलवस्तुमा ९, सप्तरीमा ८, सर्लाहीमा ५, मकवानपुरमा ४, गोर्खा र सुनसरीमा ३÷३ जना सिरहा, धादिङ, इलाम, रौतहट र बाग्लुङमा २/२ जना, सिन्धुपाल्चोक, कास्की, उदयपुर, दाङ र कालिकोटमा १\१ जना गरी जम्मा ३८१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१ हजार ३९० पुगेको छ ।

कुन प्रदेशमा कति छन् त सक्रिय संक्रमित ?
प्रदेश १ मा ३१२, प्रदेश २ मा २,६२२ बाग्मति प्रदेशमा ७८५ गण्डकी प्रदेशमा २७२ प्रदेश नं ५ मा ३,०४०,मा कर्णाली प्रदेशमा २,९२ र सुदूरपश्चिम प्रदेशमा १,५५१ जना विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत छन् ।

आज १३० जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज १३० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १३०जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज १३० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १५,१५६ पुग्यो

आज १३० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।

कुन प्रदेशमा कति निको भए त हालसम्म ?
प्रदेश १ मा ९१६, प्रदेश २ मा ३,२१२, बाग्मति प्रदेशमा ५४३, गण्डकी प्रदेशमा १,३६२, प्रदेश नं ५ मा ४,०८८, कर्णाली प्रदेशमा १,७४४ र सुदूरपश्चिम प्रदेशमा ३,२९१ जना गरी जम्मा १५ हजार १५६ जना निको भएर घर फर्किइसकेका छन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको प्रदेश विवरण
प्रदेश १ मा १,५८२, प्रदेश २ मा १,२१६, बाग्मति प्रदेशमा ७९८, गण्डकी प्रदेशमा २,६३३ प्रदेश नं ५ मा १३८९, कर्णाली प्रदेशमा ४६३ र सुदूरपश्चिम प्रदेशमा १८४४ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै ५ सय भन्दा बढी संक्रमित रहेको ४ जिल्लाहरु प्रदेश २ मा पर्सा, रौतहट र महोत्तरी तथा सुदूरपश्चिम प्रदेशमा कैलाली रहेका छन् ।

यी हुन् हेर्नुहोस्, कोरोना भाइरसलाई जितेका ७ जिल्ला
नेपालका ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट ७ जिल्ला मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ७ जिल्लाले आफूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त बनाएका हुन् ।

यी हुन् हेर्नुहोस्, हालसम्म कोरोना भाइरसलाई जितेका ७ जिल्ला

जसमा प्रदेश १ का खोटाङ, धनकुटा, भोजपुर र संखुवासभा रहेका छन् भने गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा कर्णाली प्रदेशको रुकुमपश्चिम रहेका छन् ।

आज पनि २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि
नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएका दुवैजना पर्साका रहेका छन् ।

मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका वडा नं ९ निवासी १८ वर्षीया युवतीको साउन १९ मृत्यु भएको हो । झाडा पखालाले सिकिस्त भइ उपचारका लागि नेशनल मेडिकल कलेज विरगन्ज लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट आज पनि २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ६० पुग्यो

नेशनल मेडिकल कलेज विरगन्जमा श्वाव संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

पर्साकै विरगन्ज महानगरपालिका ५ बस्ने ४६ वर्षीय पुरुषको बुधबार (साउन २१ गते) बिहान अस्थायी कोभिड अस्पताल विरगन्जमै मृत्यु भएको हो ।

केही वर्षदेखि मधुमेहका विरामी समेत रहेका उनी ज्वरो तथा खोकी लागेर अस्पताल भर्ना भएका थिए । साउन १९ गते श्वाव संकलन गरेर गरिएको परीक्षणमा सोहिदन नै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । साउन २० गते आइसोलेशनमा राखेर उपचार गरिएका उनको २१ गते बिहान मृत्यु भएको हो ।

आज संक्रमणबाट मृत्यु भएको पुष्टि भएका २ जनासंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

नेपालमा हालसम्म २१ हजार बढी कोरोना संक्रमित, १५ हजार बढी निको, मृतकको संख्या ५८ पुग्यो

 

वि.सं.२०७७ साउन २१ बुधवार १८:५९ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...