back
CTIZAN AD

काठमाडौँमा कोरोनाबाट एक महिलाको मृत्यु

वि.सं.२०७७ साउन २१ बुधवार

762 

shares

२१ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६५ वर्षीया एक महिलाको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको हो ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

ज्वरो र निमोनियाबाट ग्रस्त भएपछि ती महिला साउन १६ गते स्वयम्बुस्थित मनमोहन अस्पताल भर्ना भएकी थिइन् । उनमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।

साउन १८ गते स्वाब परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप उपचारका लागि साउन १९ गते उनलाई प्रहरी अस्पताल भर्ना गराइएको थियो । भेन्टिलेटरमा राखेर उपचार भैरहेको ती महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ । आजै कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । यसअघि विरगञ्ज पर्साका दुई जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

वि.सं.२०७७ साउन २१ बुधवार १९:३७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...