२१ साउन, काठमाडौँ । सरकारले भोलिदेखि फेरि उपत्यकामा गुड्ने सवारी साधनहरुमा फेरि जोरविजोर अपनाउने भएको छ ।
कोरोना भाइरस (कोभिड –१९) को संक्रमण राजधानीमा बढ्न थालेपछि सोको रोकथाम र नियन्त्रणका लागि भोलिदेखि लागू हुने गरी अत्यावाश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोर विजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
कोभिड १९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका सबै जिल्लाहरुमा जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गरिएको लागू गरिएको कार्यान्वयनका लागि सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै ती जिल्लाका शहरी इलाकामा जिल्लाभित्र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

वि.सं.२०७७ साउन २१ बुधवार २१:३४ मा प्रकाशित






























