back
CTIZAN AD

नेपालमा हालसम्म २१ हजार बढी कोरोना संक्रमित, १५ हजार बढी निको, मृतकको संख्या ५८ पुग्यो

वि.सं.२०७७ साउन २० मंगलवार

786 

shares

२० साउन, काठमाण्डौं । नेपालमा मंगलबार ( २० साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ६ हजार ५९४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७,६८७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,९२५ जनाको उपचार भइरहेको छ ।

आज थपिएका २५९ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने आज निको भएर ६५ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज एकको मृत्यु भएसँगै हालसम्म मृतकको संख्या ५९ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकामा ६२ सहित २५९ जनामा कोरोना संक्रमण
नेपालमा आज २५९ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ४८ जना, सर्लाहीमा २६ जना, मोरङमा २२,झापामा १६, महोत्तरीमा १५, धनुषामा १२, सुनसरीमा १२, बाँकेमा ११ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यस्तै आज भक्तपुरमा १३ जना र ललितपुरमा १ जना गरी उपत्यकामा जम्मा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज काठमाण्डौं उपत्यकाका ६२ सहित २५९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २१ हजार नाघ्यो

अछाममा ११,रुपन्देही ९ सप्तरीमा ७, बारामा ७, गुल्मीमा ५, स्याङजामा ४,सल्यानमा ४ जना, झापामा ३, स्याङजामा ३ जना, मोरङ, नुवाकोट, कपिलवस्तु, इलाम, धुनाष र सिराहामा २/२ जना, धनुषा, बझाङ, पर्सा, रौतहट, तनहुँ, रुकुमपश्चिम लम्जुङ, पर्वत र चितवन, सल्यान र कास्कीमा १\१ जना गरी आज जम्मा २५९ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१ हजार ९ पुगेको छ ।

आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि
नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगरपालिका ५ आर्दश टोलका ७७ वर्षीय एक पुरुषको साउन १९ गते मृत्यु भएको हो ।
ज्वरो र श्वास प्रस्वासमा समस्या आएपछि साउन १९ गते बिहान ९ः३० मा कोशी अन्चल अस्पताल विराटनगरमा उपचारका लागि आएका उनको आइसोलेशनमा भर्ना गरेर उपचार गरिएको थियो । उनमा मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

आज ६५ जना निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार नाघ्यो
आज ६५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार २६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ६५ जनाले आज कोरोनालाई जितेर घर फर्किएका हुन् ।

यस्तो छ निको हुनेको प्रदेश विवरण
प्रदेश १ मा ८७५ जना, प्रदेश २ मा ३,१८४ जना, बाग्मति प्रदेशमा ५४३ जना, गण्डकी प्रदेशमा १,३४८ जना, प्रदेश नं ५ मा ४,०७० जना, कर्णाली प्रदेशमा १७३० र सुदूरपश्चिम प्रदेशमा ३२७६ जना गरी हालसम्म १५ हजार २६ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १५४४ जना, प्रदेश २ मा ११५० जना, बाग्मति प्रदेशमा ८२३, गण्डकी प्रदेशमा २८०५, प्रदेश नं ५ मा १३७३, कर्णाली प्रदेशमा ५०७ र सुदूरपश्चिम प्रदेशमा २,२७७ जना देशका विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

त्यसैगरी मन्त्रालयका अनुसार ५ सय भन्दा बढी संक्रमित उपचाररत रहेका जिल्लामा रौतहट, महोत्तरी र कैलाली रहेका छन् भने संक्रमित शून्य भएका ४ जिल्लामा भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ रहेका छन् ।

वि.सं.२०७७ साउन २० मंगलवार १९:०३ मा प्रकाशित

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...