back
CTIZAN AD

क्यानद्वारा प्रदेश र जिल्लालाई बजेट उपलब्ध

वि.सं.२०७७ साउन २० मंगलवार

828 

shares

२० साउन, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको छ । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो ।

हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई रु एक लाखका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए । क्यानले २९ जिल्लालाई भने रु ५० हजारका दरले बजेट उपलब्ध गराएको छ ।

“बाँकी १० जिल्लालाई पनि रकम उपलब्ध गराउँछौँ”, उनले भने । जिल्लास्तरमा क्रिकेटको विकासका लागि बजेट उपलब्ध गराइएको हो । यसअघि क्यानले जिल्लालाई प्रतियोगिता सञ्चालन गर्नका लागि रु १० हजार सहयोग गर्दै आएको थियो । क्यानले कार्यालय सञ्चालन तथा प्रतियोगिता आयोजना गर्न जिल्लालाई रु एक लाख तथा प्रदेशलाई रु तीन लाखका दरले बजेट उपलब्ध गराउने योजना बनाएको छ ।

हाललाई मुलुकका सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत मात्र क्यानमा आबद्ध छ । क्यानले प्रदेश र जिल्लालाई गरी कूल रु २० लाख ५० हजार निकासा गरेको सिंहले बताए ।

वि.सं.२०७७ साउन २० मंगलवार १९:०९ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...