back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट आज पनि २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ६० पुग्यो

वि.सं.२०७७ साउन २१ बुधवार

951 

shares

२१ साउन, काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएका दुवैजना पर्साका रहेका छन् ।

मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका वडा नं ९ निवासी १८ वर्षीया युवतीको साउन १९ मृत्यु भएको हो । झाडा पखालाले सिकिस्त भइ उपचारका लागि नेशनल मेडिकल कलेज विरगन्ज लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेज विरगन्जमा श्वाव संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

पर्साकै विरगन्ज महानगरपालिका ५ बस्ने ४६ वर्षीय पुरुषको बुधबार (साउन २१ गते) बिहान अस्थायी कोभिड अस्पताल विरगन्जमै मृत्यु भएको हो ।

केही वर्षदेखि मधुमेहका विरामी समेत रहेका उनी ज्वरो तथा खोकी लागेर अस्पताल भर्ना भएका थिए । साउन १९ गते श्वाव संकलन गरेर गरिएको परीक्षणमा सोहिदन नै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । साउन २० गते आइसोलेशनमा राखेर उपचार गरिएका उनको २१ गते बिहान मृत्यु भएको हो ।

आज संक्रमणबाट मृत्यु भएको पुष्टि भएका २ जनासंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।  file- photo

 

नेपालमा आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ५८ पुग्यो

वि.सं.२०७७ साउन २१ बुधवार १७:२४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...