back
CTIZAN AD

ओली र दाहालबीचको भेटवार्ता स्थगित

वि.सं.२०७७ साउन २१ बुधवार

843 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको यसअघि तय भएको भेटवार्ता स्थगित भएको छ । साँझ ५ बजेबाट हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएअनुसार अध्यक्षद्वयबीच बिहिबार (भोली) बिहान छलफल हुनेछ । उनले भेटवार्ता स्थगनको कारण भने खुलाएका छैनन् ।

आन्तरिक विवादको समाधानका लागि अध्यक्षद्वयबीच केहि दिनदेखि नियमित भेटवार्ता हुँदै आएको थियो । अध्यक्षद्वयबीचको भेटवार्तामा पार्टी वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेमाङ्गले सहजीकरण गर्दै आएका थिए ।

नियमित भईरहेको भेटवार्ता अन्तिम समयमा स्थगन भएसँगै आन्तरिक विवादबारे केहि शंका जन्मिएका छन् । यसअघि मंगलबारको बैठकमा अध्यक्षद्वयबीच चर्काचर्की चलेको चर्चा बाहिरिएको थियो ।

वि.सं.२०७७ साउन २१ बुधवार १७:२१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...