back
CTIZAN AD

आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१,३९० पुग्यो

वि.सं.२०७७ साउन २१ बुधवार

687 

shares

२१ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी पर्साका १५१ जना, काठमाण्डौंमा ५७ जना, बारामा २८ जना, महोत्तरीमा १७ जना, मोरङमा १४ जना र बाँकेमा १३ जना जना संक्रमित भेटिएका छन् । त्यसैगरी आज ललितपुरमा ५ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा संक्रमितको संख्या शून्य रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १, सप्तरीका ३, उदयपुरका १ र मोरङका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ७ र इलामका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सर्लाहीका ३, सप्तरीका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना, महोत्तरीका १४ जना र सिरहाका १ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १९, पर्साका १४७ जना र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गोर्खाका ३, कपिलवस्तुका ९, काठमाण्डौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा ललितपुरका १, काठमाण्डौंका १४, पर्साका २ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १, धनुषाका १, काठमाण्डौंका २, ललितपुरका २ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका १, बाराका १, पर्साका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका ११ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका १, ललितपुरका २, महोत्तरीका १, रौतहटका १, सर्लाहीका १ जना र बिआइडिएच ल्यावमा गरिएको परीक्षणमा काठमाण्डौंका १, काठमाण्डौं मेडिकल कलेजमा गरिएको परीक्षणमा धनुषा र सिराहाका १/ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा धादिङका १, धनुषाका १पर्साका १, सुनसरीका १ र स्याङजाका ९ जना जनामा संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका ८, मकवानपुरका ४, रौतहटका १ जना, महोत्तरीका २, सिन्धुपाल्चोकका १ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, कास्कीका १, स्याङजाका ८ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका १३ र दाङका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ११ जना गरी जम्मा ३८१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१ हजार ३९० पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ६२ सहित २५९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २१ हजार नाघ्यो

वि.सं.२०७७ साउन २१ बुधवार १६:४४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...