back
CTIZAN AD

कपिलवस्तुका बैंक तथा वित्तिय संस्थाहरु कोरोना जोखिममा, जिप्रका कपिलवस्तुद्वारा कडाई

वि.सं.२०७७ साउन २२ बिहीवार

816 

shares

२२ साउन, कपिलवस्तु । कपिलवस्तु जिल्ला कोरोना भाइरस(कोभिड–१९) को उच्च जोखिममा रहेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कडाई गरेको छ ।

एकपछि अर्को गर्दै बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै जिप्रका कपिलवस्तुले कडाई गरेको हो ।

सूचना जारी गर्दै जिल्लाप्रशासन कार्यालय कपिलवस्तुले बिहान ५ बजेदेखि बेलुका १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने सेवा पूर्ण रुपमा बन्द गरिने जनाएको छ ।

मालबाहक ढुवानीका साधन बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्ने र निजी सवारी साधानहरु जोर बिजोरमा संचालन हुने सूचनामा उल्लेख छ । यदि कसैले सूचनाको उल्घंन गरेको पाइएमा कार्वाही गरिने कडा चेतावनी दिएको छ ।

बिहिबारमात्र सदरमुकाम तौलिहवामा रहेको थप ३ वटा बैंक तथा वित्तीय संस्थाका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैकिंग एण्ड फाइनान्स लि.का ४ जना कर्मचारीमा संक्रमण देखिएको थियो । संक्रमित देखिएका सबै वित्तिय संस्थाहरु सिल गरिएको छ ।

अब उक्त बैंकका सबैं कर्मचारीको पीसीआर परीक्षण गराएर अवस्था सामान्य नभएसम्म सेवा बन्द हुने जनाइएको छ ।

वि.सं.२०७७ साउन २२ बिहीवार १९:२८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...