back
CTIZAN AD

नेपालमा साउन २२ सम्मको कोरोना अपडेटः २१,७५० संक्रमित, १५३८९ निको, मृतकको संख्या ६५ पुग्यो

वि.सं.२०७७ साउन २२ बिहीवार

936 

shares

२२ साउन, काठमाण्डौं । नेपालमा विहिबार ( २२ साउन) सम्म पिसीआर प्रविधिबाट४ लाख १९ हजार ५७५वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,६२२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,३६१ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ९,४७० रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ३६० जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ भने आज २३३ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १५ हजार ३८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज ५ जनाको मृत्यु भएको पृष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ८६ सहित ३६० जनामा कोरोना संक्रमण भएको पुष्टि
नेपालमा आज ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ७६ जना, पर्सामा ४१ जना, कपिलवस्तुमा ३२ जना, धनुषामा २४ जना, मोरङमा २४ जना,कैलालीमा २१ जना, सुनसरीमा १९, इलाममा १५ र जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा ७६, ललितपुरमा ९ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।

बारामा १३, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोर्खा ६ प्युठान ५, रुपन्देही ४, मकवानपुर ४, बाजुरा, काभ्रे, कन्चनपुर, बझाङ, दाङमा ३÷३ जना, सिराहा, भोजपुर, डोटी र मा २\२ जना संक्रमित थपिएका छन् ।

आज काठमाण्डौं उपत्यकाका ८७ सहित ३६० जनामा कोरोना संक्रमण भएको पुष्टि

त्यस्तै महोत्तरी, रौतहट, दोलखा, नुवाकोट, रामेछाप, बारा, गुल्मी, उदयपुर, चितवन, रौतहट, कास्की, पर्वत,दैलेख, सुर्खेत, जुम्ला, मुगु र बैतडीमा १/१ जना गरी आज जम्मा ३६० जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका ३६० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१ हजार ३९० पुगेको छ ।

आज २३३ जनाले कोरोनालाई जितेर घर फर्किए
नेपालमा आज २३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २३३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।  आज २३३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५,३८९ पुगेको छ ।

कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको पुष्टि
नेपालमा आज थप पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा मोरङका २, धनुषाका १, सप्तरीका १ र सर्लाहीका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिका वडा नं ८ दर्वेसाका ४५ वर्षीय एक पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो तथा श्वास प्रश्वासमा समस्या भइ कोशि अस्पताल ल्याईएका उनको निधन भएको हो ।

मोरङको विराटनगर महानगरपालिकाका ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै सर्लाहीको मलंगवा नगरपालिका वडा नं ८ की ६५ वर्षीया महिलाको पनि साउन २१ गते मृत्यु भएको छ । शसस्त्र प्रहरी वल अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिका वडा नं १० लालगढ बस्ने ७२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनको साउन १७ गते दिउँसो १२ बजे ओम अस्पताल चावहिलमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनमा दम, मधुमेह उच्च रक्तचाप लगायतका समस्या भएको बताइएको छ ।

त्यसैगरी सप्तरीको रुपणी नगरपालिका वडा नं ५ बस्ने २२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो । आज पुष्टि भएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा साउन २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन २२ बिहीवार १८:५१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...