back
CTIZAN AD

अमेरिकाद्वारा चिनियाँ मोबाइल एप टिकटकमाथि प्रतिबन्धको घोषणा

वि.सं.२०७७ साउन २३ शुक्रवार

828 

shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले चिनियाँ मोबाइल एप टिकटकको सहायक कम्पनी बाइटडान्समाथि प्रतिबन्धको गर्न अनुमति दिएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार बिहिबार ट्रम्पले बाइटडान्समाथि प्रतिबन्ध गर्न अनुमति दिएका हुन् ।

ट्रम्पको अनुमतिसँगै ४५ दिनभित्र उक्त आदेश कार्यान्वयन हुनेछ । अमेरिकी प्रशासनले टिकटकसँगै चिनियाँ मोबाइल एप वीच्याटमाथि पनि प्रतिबन्ध गर्न अनुमति दिएको कुरा सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यसअघि ट्रम्प प्रशासनले कतिपय निकायमा टिकटकको प्रयोग गर्न प्रतिबन्ध लगाईसकेको थियो ।

टिकटकको माध्यमबाट चीनले जासूसी गर्यो : ट्रम्प

ट्रम्पले चिनियाँ मोबाइल एप राष्ट्रिय सुरक्षा, विदेश नीति र आर्थिक नीतिको निमिक्त खतरा भएको बताएका छन् । टिकटकमाथि प्रतिबन्धको अनुमति दिँदै उनले आम अमेरिकी नागरिकको पनि व्यक्तिगत जानकारी पनि खतरामा देखिएको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टी अमेरिकी नागरिकको मनोविज्ञान बिगार्न पनि टिकटकको प्रयोगलाई अवसर बनाएको ट्रम्पको भनाई छ । उनले टिकटकको माध्यमबाट अमेरिकी कर्मचारीको कन्ट्याक ट्रेस गर्ने लोकसेन ट्रैक गर्ने र व्यावसायीक क्षेत्रमा जासुसी गर्ने लगायतका अवैध काम गरिएको हुनसक्ने आशंका देखाए ।

ट्रम्पको घोषणासँगै माइक्रोसफ्टको प्रस्तावित डील प्रभावित

अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिका व्यवसाय खरिद गर्न कुराकानी अगाडि बढाएको थियो । तर अमेरिकी सरकारले टिकटकमाथि नै प्रतिबन्ध लगाउने निर्णय गरेसँगै माइक्रोसफ्टको योजना प्रभावित भएको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १२:१५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...