back
CTIZAN AD

एएनए कार्यकारी समितिको रिक्त पदलाई पूर्णता

वि.सं.२०७७ साउन २३ शुक्रवार

801 

shares

७ अगष्ट, डिसी । उत्तर अमेरिकाकै सशक्त राष्ट्रिय स्तरको एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए) को कार्यकारी समितिमा रिक्त पदमा अध्यक्ष खगेन्द्र अधिकारीले सँस्थामा अनुभव बटुलेका र योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई मनोनित गरेका छन् ।

अगस्त १ ,२०२० का दिन अध्यक्ष अधिकारीले एक छापा बिज्ञप्ति जारी गर्दै कार्यकारी समितिमा रिक्त रहेका पदहरु र अमेरिकामा अधिवक्ता लगायत विभिन्न पेशामा रहेका व्यक्तित्वहरुलाई मनोनित गरेका छन् ।

गत जुलाई २६ का दिन अध्यक्ष अधिकारीको सभापतित्वमा बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय गर्दै सर्वसम्मतिबाट अनुमोदन गरेको छ । अध्यक्ष अधिकारीले संस्थामा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै उत्तरी अमेरिकी नेपाली समुदायमा उहाहरुको सेवाका लागि धन्यबाद दिएका छन् ।

एएनए कार्यकारी समितिको रिक्त रहेको पदमा वरिष्ठ उपाध्यक्षमा क्यालिफोर्नियाका मुकुन्द ढुंगाना,पूर्वीय क्षेत्रका लागि उपाध्यक्षमा बाल्टिमोर बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, पश्चिमी क्षेत्रका लागि उपाध्यक्षमा डा दुर्गा दाहाल,संचार निर्देशकमा मेरिल्याण्डका सिपिए लक्ष्मण प्रधान तथा सह(सचिवमा नर्थक्यारो लाइनाका शैलेन्द्र केसी(डिजे गोर्खाली खत्री)लाई मनोनित गरेका छन् ।

अध्यक्ष अधिकारीले लक्ष्मण प्रधानलाई प्रवक्ताको रुपमा समेत मनोनित गर्नु भएको छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरि अध्यक्ष अधिकारीले सल्लाहकारहरुमा क्रमशः न्यूयोर्कबाट अधिवक्ता बासु फुलारा, भर्जिनियाबाट अधिवक्ता बन्दिता शर्मा दाहाल, न्यूयोर्कबाट योगेन्द्र जोन्छे तथा मेरिल्याण्डबाट मगन देवी श्रेष्ठलाई मनोनित गरेका छन् ।

नयाँ नियुक्तिसंगै अबको एएनएले नयाँ गति लिने र समाजमा बिशेष योगदान गरेका व्यक्तिहरुको प्रवेशले उनको कार्यकालमा संस्थामा अझ नयाँ सोचका साथ कामहरु हुने अपेक्षा गरिएको छ ।

सन् १९८३ मा स्थापित एएनए नेपाली समुदायमा राष्ट्रिय स्तरको मुनाफारहित सामाजिक संस्था हो । स्थापना काल देखि नै विभिन्न क्रियाकलाप र नेपाली समुदायका अन्य सामाजिक बिषयहरुमा वकालत र उठान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १३:१३ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...