back
CTIZAN AD

‘अति भयो’ भन्दै नारायणकाजीलाई प्रधानमन्त्रीका सल्लाहकारले भने, ‘पदको लाज जोगाउनुस’

वि.सं.२०७७ साउन २३ शुक्रवार

960 

shares

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य एंव प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदको लाज जोगाउन आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले श्रेष्ठलाई पदको लाज जोगाउन आग्रह गरेका हुन् ।

उनले विधि र पद्वतीको नक्कली गीत गाउँदै नेताहरुबीच गुटबन्दीको आगो दन्काउने काम नगर्न पनि श्रेष्ठलाई चेतावनी दिएका छन् । मुलुक संवदेनशील मोडमा रहेको भन्दै रिमालले पार्टी एकताविरुद्व गतिविधि नगर्न पनि चेतावनी दिएका छन् ।


पार्टी प्रवक्ता श्रेष्ठले केही सञ्चार माध्यमसँगको कुराकानीमा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधि र पद्वतीलाई लत्याएको आरोप लगाएका थिए । उनले ओलीलाई पार्टी बैठकबाट भाग्ने तर नेताहरुलाई भेट्न घर–घरै धाउने गरेको आरोप लगाएका थिए ।

श्रेष्ठले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीको विषयमा टिप्पणी गरेसँगै विष्णु रिमालले जवाफ फर्काएका हुन् ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १२:५१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...