back
CTIZAN AD

भिजिट भिषामा युएई पुगेका पाल्पाली युवा मृत भेटिए

वि.सं.२०७७ साउन २३ शुक्रवार

783 

shares

२३ साउन, काठमाण्डौं । भिजिट भिसामा युएई पुगेका पाल्पाका एक युवाको मृत्यु भएको छ ।

अप्रिल २०१९ मा भिजिट भिषामा युएईमा पुगेका पाल्पा रामपुर नगरपालिकाका वडा नं ७ का ठाकुर प्रसाद भट्टराई १६ जुलाईमा बरदुवईको अलफहिदी एरियाको सडकमा मृत भेटिएका हुन् ।

भिजिट भिसामा २०१९ अप्रिलमा युएई पुगेका भट्टराई भिसा सकिएपछि जुनदेखि अवैद्यानिक रुपमा बस्दै आएका थिए ।

अवैद्यानिक रुपमा बसेको र लकडाउनका कारण नियमित फ्लाइट संचालन नभएको अवस्थामा उनको शब कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउन नसकिएकोले हिन्दु संस्कार अनुसार युएईको जबल अलीमा दाहसंस्कार गरिएको नेपाली समाज युएईका महासचिव वेद प्रसाद अर्यालले बताएका छन् ।

पहिलेपनि युएईमा४-५ वर्ष बसेर २००८ तिर नेपाल फर्किएका भट्टराई पुनः २०१९ को जुलाईमा दिल्ली हुँदै युएई पुगेका थिए ।

‘ लकडाउनका कारण नेपाल फर्किन पनि नसकेको र खाने बस्ने राम्रो व्यवस्था नभएपछि सँगै कोठा लिएर बसेका साथीहरु पनि कोठा छोडेर आ-आफ्नो बाटो लागेका थिए, उनी पनि कतिदिन सडकमा भौतारिए,’ अर्यालले संसारन्युजसँग भने, ‘पछि सडकमा लडेको अवस्थामा मृत भेटिएका थिए ।’

उनले युएई प्रशासन, नेपाली दूतावास र परिवारको पनि सल्लाहमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर भट्टराईको दाहसंस्कार गरिएको जानकारी दिए ।

अर्यालले उक्त कार्य सम्पन्न गर्न सहयोग गर्ने नेपाली दूतावास अबुधाबी, नेपाली समाज युएई, पाल्पाली समाज युएई तथा समाजको अबुधाबी क्षत्रिय समिति, कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज युएई लगायत अन्य विभिन्न संघसस्था तथा अन्तिम संस्कार कार्यक्रममा सहभागी सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १४:०५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...